रात्री बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ घाइते

Leaderboard Banner
सांकेतिक तस्विर

भीमदत्तनगर,  कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा तीन महिला र दुई जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन भने बसमा रहेका २१ जना घाइते भएका छन । घाइतेमध्ये पाँच जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ । मृतकमध्ये चार जनाको शव निकालिएको भए पनि एक जनाको अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

(रासस)

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५०८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी!