तपाईको यो साता कस्तो रहला ? साप्ताहिक राशिफल हेर्नुहोस

Leaderboard Banner

डा.उत्तम उपाध्याय न्यौपाने

मेष
काममा उन्नति, प्रगति हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत र प्रतिष्ठा मिल्नेछ। पारिवारिक सुख, शान्ति प्राप्त हुनेछ। शुभ कार्यमा सरिक हुने साता रहेको छ। यात्रा मध्यम रहला।

वृष
साता निकै राम्रो छ। आर्थिक मजबुती, उन्नति र प्रगतिको साता रहला। पारिवारिक पक्षमा केही तनाव र अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। घरपरिवारको सहयोग मध्यम रहनेछ। मातापिताको स्वास्थ्यमा केही समस्या देखा पर्न सक्नेछ। यात्रामा निकै सुखद र आनन्ददायी हुनेछ।

मिथुन
मान, सम्मान प्राप्त हुनेछ। आर्थिक मजबुती, उन्नति र प्रगति होला। साथीभाइबाट भरपुर सहयोग प्राप्त हुन सक्नेछ। लेनदेनमा केही विचार पुऱ्याउनुपर्ला। नयाँ सवारीसाधनको योग बढ्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। राजनीतिक र सामाजिक क्षेत्र भने मध्यम देखिन्छन्। खेलाडीहरूका लागि साता उत्कृष्ट देखिएको छ।

कर्कट
उत्साह र उमङ्ग बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। खानपानमा निकै विचार पुऱ्याउनुपर्नेछ। आफूले दिएको पैसामा बाधा र अप्ठ्यारा पक्षको सामना गर्नुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा निकै राम्रो छ। व्यापार व्यवसायमा मध्यम लाभको साता रहेको छ।

सिंह
विद्या, बुद्धि बढ्नेछ। लेनदेनमा विचार पुऱ्याउनुपर्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। सवारीसाधनमा चोटपटकको योग रहनेछ। साथीभाइबीच केही तनाव र अप्ठ्यारा पक्ष सिर्जना हुने देखिन्छ। जागिरेहरूका लागि साता निकै राम्रो देखिन्छ। व्यापार व्यवसायमा मध्यम छ। हजुरले “ॐ सूर्याय नम:” मन्त्र हरेक दिन १०८ पटक जप्नुभयो भने ग्रहले राम्रो साथ दिनेछ।

कन्या
साता मध्यम छ। परिवारमा अप्ठ्यारा पक्ष आउन सक्नेछन्। मनमा तनाव हुन सक्छ। खर्च बढ्ने साता रहेको छ। यात्रामा केही पीडा र अप्ठ्यारा पक्षको सामना गर्नुपर्ला। लेनदेन र आर्थिक पक्षमा निकै विचार पुऱ्याउनुपर्नेछ। व्यापारका साथै राजनीतिक र सामाजिक क्षेत्रमा निकै राम्रो छ। गुमेको सम्पति फर्कन सक्नेछ।

तुला
स्वास्थ्यमा केही समस्या रहला। यात्रा सुखद रहनेछ। खानपान र स्वास्थ्यमा निकै विचार पुऱ्याउनुपर्ला। खेलाडीहरूका लागि साता निकै राम्रो छ। विद्या, बुद्धि बढ्नेछ। सन्तान सुख र शान्ति मिल्नेछ। नयाँ काममा व्यवधान र अड्चन आउन सकछ्न्। यो साता हजुरले सेतो, पहेँलो, आकासे र सुन्तला रङ लगाउनुभयो भने ग्रहले निकै राम्रो साथ दिनेछ।

वृश्चिक
स्वास्थ्यमा केही समस्या आउन सक्नेछ। नयाँ कार्यको थालनी हुन सक्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा प्राप्त हुनेछ। पारिवारिक सुख, शान्ति, समृद्धिको साता रहनेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्ला। घरपरिवार, कुलकुटुम्ब, इष्टमित्रबीको सम्बन्ध र सहकार्य राम्रो हुने देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। मठमन्दिरको दर्शनले उर्जा प्रदान गर्नेछ।

धनु
आर्थिक मजबुतीको साता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्ला। खानपानमा मुख बार्नुपर्नेछ। राजनीतिक क्षेत्र सामान्य देखिन्छ। सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा प्राप्त हुनेछ। विदेश यात्राको योग बढ्न सक्नेछ । कृषि क्षेत्रमा निकै राम्रो हुने देखिन्छ।

मकर
साता उत्कृष्ट देखिन्छ। व्यापार व्यवसायमा लाभ छ। देशविदेशको यात्राको योग छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। प्राविधिक कार्यबाट आर्थिक मजबुतीको योग छ। विद्या, बुद्धि बढ्नेछ। नयाँ कार्यको थालनी होला। दाम्पत्य जीवनमा सुख, शान्ति मिल्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ।

कुम्भ
यो साता सुख, शान्ति, समृद्धि, उन्नति, प्रगतिको योग छ। इज्जत, प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्यमा सरिक हुने साता छ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। आँटेको काममा सफलता मिल्नेछ। जागिरेहरूका लागि साता निकै राम्रो देखिन्छ। व्यापारमा केही अप्ठ्यारा पक्ष आउन सक्नेछन्। डुबेको सम्पत्ति फर्कन सक्नेछ। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्नेछ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ।

मीन
साता मध्यम देखिन्छ। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्नेछ। परिवारमा केही अप्ठ्याराहरू आउन सक्नेछन्। आर्थिक समृद्धि, उन्नति, प्रगति प्राप्त हुनेछ। लेनदेनमा विचार पुऱ्याउनुपर्नेछ। घरपरिवारको सहयोग प्राप्त होला। विद्या, बुद्धिमा बाधा पर्न सक्नेछ। सवारीसाधनमा निकै विचार पुऱ्याउनुपर्नेछ। जागिरेहरूका लागि साता मध्यम छ। कृषि क्षेत्रमा लाभ छ। साहित्य, संगीतमा इज्जत, प्रतिष्ठा र ख्याति पाइनेछ। यो साता अाध्यात्मिक र धार्मिक क्षेत्रप्रति लगाव बढ्नेछ।

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५०८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार: