बसको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु: मृतकको सनाखत हुन सकेन

Leaderboard Banner
फाईल फोटो

बनियानी, झापा । झापाको मेचीनगर नगरपालिकामा बसले साइकललाई ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ ।

मेचीनगर–१० स्थित धाइजनमा ना४ख २८८१ नंको मातृ भाग्यरेखा बसले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट करीब २६ वर्षीय एक युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो।

मृतकको नाम, ठेगाना खुल्न नसकेको प्रमुख राईले बताउनुभयो । “तीव्र गतिमा रहेको बसले गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो”, उहाँले भन्नुभयो । बस चालक रामशंखर राय र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक युवक भारतबाट कामको सिलसिलामा काँकडभिट्टा हुँदै नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

सडक दुर्घटनामा परी झापामा वैशाखमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : शनिबार, बैशाख २९, २०७५१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भर्खरै काभ्रेको पाँचखालमा तीन वटा गाडीहरु एकापसमा ठोक्किँदा डरलाग्दो दुर्घटना !