२ नम्बर प्रदेशका मुख्यमन्त्री राउतले देशका अन्तरिक विषय मोदीसामू छताछुल्ल पारेपछि..(भिडियो)

Leaderboard Banner

बिगुल विश्लेषण: काठमाडौँ । प्रदेश नम्बर – २ का मुख्यमन्त्री लालबाबु राउतले देशको अन्तरिक मामला र सर्भौमिकताको ख्यालै नराखी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामू आफूहरु हेपिएको, दविएको र गरिव रहेको भन्दै हारगुहार गरेका छन्।

नेपालको राजकीय भ्रमणमा रेहका भारतीय प्रधानमन्त्री मोदीलाई हिजो नागरिक अभिनन्दन गर्ने क्रममा उनले यस्तो हारगुहार गरेका हुन्। अधिकांस समय मोदीको बखानमै मन्तब्य केन्द्रित गरेका मुख्यमन्त्री राउतले नेपाल सरकारले आफुहरुलाई उपेक्षा गरेको, संविधानमा पनि आफ्ना कुरा नसमेटेको जस्ता आरोप लगाउदै एउटा मुख्यमन्त्री जस्तो व्यक्तिले निकै  गैर जिम्मेवारपूर्ण तवरले आफ्नो देशका अन्तरिक विषय छताछुल्ल परेका थिए।

कार्यक्रमभर नेपाली तथा मिथिला क्षेत्रको भाषा मैथली नबोली ‘विदेशी भाषा हिन्दी’ मै  बोलेका लालबाबुले बोलेको कुरा सुन्दा लाग्थ्यो उनी अन्योलमा थिए ‘आफ्ना प्रधानमन्त्री केपी शर्मा ओली हुन् की नरेन्द्र मोदी।’ हैन भने यति सम्म गैरजिम्मेवार कुनै प्रदेशको मख्यमन्त्री जस्तो मान्छे बन्न सक्छ। शनिबार लालाबु राउतले निकै गैरजिम्मेवार र देशको अन्तरिक र सर्भौमिकतामा नै खतरा हुने गरी बोलेका भन्दै  उनको यतिबेला राजनैतिक वृत तथा सामाजिक सञ्जाल पनि निकै विरोध र आलोचना भएको छ। कतिले त उनलाई प्रश्न समेत गरेका छन्, मुख्यमन्त्री ज्यू तपाईको प्रधानमन्त्री ओली हुन् की मोदी ?

मोदीलाई अभिनन्दन गर्न आयोजित उक्त कार्यक्रममा राष्ट्रिय भाषालाई लात हान्दै ब्यानर नै हिन्दी भाषामा छापिएको थियो। त्यसैगरी दूई नम्बर प्रदेश तथा मिथिला क्षेत्रको मातृभाषा, मैथलीलाई वास्तै नगरी कार्यक्रमका उद्घोषक तथा २ नम्बर प्रदेशका अन्य मन्त्री तथा नेता कार्यकर्ताले समेत हिन्दी भाषामा आफ्ना मन्तब्य दिएका थिए। बरु भारतीय प्रधानमन्त्री मोदीले बेलाबेलामा नेपाली र मैथली भाषामा बोलेका थिए। मोदीले अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालीमा भनेका थिए, “यो पटक मेरो भ्रमण राजनीतिक नभई धार्मिक हुनेछ।”

सायद, लाज लाग्नु पर्ने हो, २ नम्बर प्रदेशका मान्यहरुलाई जसलाई खुसी पार्न हिन्दीमा बोल्नु भएको थियो। उनले नै नेपाली र मैथलीमा बोल्दा।

भिडियो:

प्रकाशित : शनिबार, बैशाख २९, २०७५१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बसको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु: मृतकको सनाखत हुन सकेन