भोलि नेपाल बन्दको घोषणा !

Leaderboard Banner

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला राष्ट्रघात गरेको भन्दै भोलि (आइतबार) नेपाल बन्दको घोषणा गरेका छन्।

शनिबार विज्ञप्ति नै जारी गर्दै नेकपाले  मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठाराघातको प्रतिरोध गर्न अनिवार्य रहेको भन्दै बैशाख ३० गतेलाई बन्दको घोषणा गरिको छ।

नेकपाका महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध स्वरूप नेपाल बन्द गरिएको हो।’ विप्लवले सुरक्षाका नाममा अत्याधिनिक हात हतियार सहित भारतीय सेनाको मनपरी नेपाल प्रवेश, राष्ट्रघाती अरुण तस्रोको उत्घाटन र मोदीको चाकरीमा लम्पसार पर्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।

त्यसैगरी मोदीको नेपाल भ्रमण, सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको राष्ट्रघात पटाक्षेप भएको समेत दाबी गरेका छन् ।

विज्ञप्ति:

प्रकाशित : शनिबार, बैशाख २९, २०७५१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा (फोटोफिचर)