जब मोदीको गाडी स्वागत गर्न पुगेका विद्यार्थीहरु नजिकै पुगेर रोकियो ( भिडियो )

Leaderboard Banner

काठमाडौँ । यतिबेला नेपालको दुई दिन राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान साढे १० बजे नेपाल अवतरण गरेका थिए । बिहार राज्यको राजधानी पटनाबाट सिधै जनकपुरधाम आएका मोदी जानकी मन्दिरमा पूजाअर्चना गरी जनकपुर नगरपालिकाले दिएको नागरिक अभिनन्दन समेत ग्रहण गरेर दिउँसो करिव पौने ४ बजे काठमाडौँ आई पुगेका हुन् ।

प्रदेश नम्बर २ मा प्रदेश सरकारले उर्दी नै जारी गरेर मोदीको स्वगतमा हजरौं मानिसहरु भेला परेको थियो। तर, यस पटक राजधानी काठमाडौँमा भने मोदीको भ्रमणलाई जनताले खासै रुचाएको देखिएन। मोदी यसअघि पहिलो पटक भारतीय प्रधानमन्त्रीको हैसियदमा नेपाल भ्रमणमा आउँदा जुन जनतामा उत्साह थियो त्यो यसपटक ७२ सालको नाकाबन्दीसँगै विलिन भएको पाईयो ।

जब मोदीको गाडी स्वागत गर्न पुगेका विद्यार्थीहरु नजिकै पुगेर रोकियो ( भिडियो )

आज मोदीको स्वागतको लागि भनेर तिलगंगाको सरदा मा.वि. र अन्य केहि विधालयबाट साना साना नानीहरुलाई टनटलापुर घाममा विमानस्थल बाहिर एयरपोर्टदेखि तिलगंगा सम्म लामोलस्कर लगाएर राखिएको थियो। मोदी दिउँसो १ बजे काठमाडौँ आउने भनिएका कारण ती साना बालबालिकाहरुलाई १ बजे देखि करिव पौने ४ बजे सम्म सडकमै असिनपसिन बनाएर राखिएको त्यहाँ गएका एक  बालबालिकाले विगुल न्यूजका संवाददाता सरोज दाहालसँग बताए।

मोदी अघिल्लो पटक आउँदा बाटो बाटोमा गाडी रोकेर त्यहाँ रहेका मानिसहरुसँग हात मिलाएका थिए। त्यसबेला उनलाई स्वगत गर्न काठमाडौंको विभिन्न स्थानमा मानिसहरु भेला पनि भएर बसेका थिए। तर,अहिले त्यो दृश्य देख्न पाईएन। यस पटक मोदीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट हायत होटल जाने क्रममा  बाहिरको गेटबाट निस्कने बित्तिकै केहि पर सूचना विभाग नपुग्दै त्यहाँ उनको स्वागतको लागि ल्याईएका स्कूले  बालबालिका नजिकै गएर गाडी रोकेर हात मिलाउने प्रयत्न गरे तर त्यहाँ भएका बालबालिकाबाट कुनै पनि प्रकारको प्रतिक्रिया र हुटिंग नपाएपछि उनी गाडीबाट नओर्लिईकन बाटो लागे।

सायद मोदी आफूलाई असुरक्षित महसुश गरेर पनि नओर्लिएका हुन सक्छन्। आज नेपाल सरकारले मोदीको सुरक्षालाई मध्यनजर गर्दै सडक छेऊका प्रत्येक घरको छतछतमा सदा पोसाक र बर्दीसहितका सुरक्षाकर्मी तैनाथ गरिएको थियो। त्यसैगरी सडकमा पनि सुरक्षाकर्मीको निकै बाक्लो उपस्थिति रेहको थियो भने सर्वसाधारणहरुलाई समेत हिडडुलमा रोक लगाईएको थियो।

भिडियो:

प्रकाशित : शुक्रबार, बैशाख २८, २०७५१८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस नेता घिमिरेको निधनप्रति दुःख