विवेकशील साझा पार्टीकार्यालयमा टाँगिएको ब्यानर प्रहरीले हटाईदियो !

Leaderboard Banner

ललितपुर । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुन्डोल ललितपुरमा टाँसीएको एउटा ब्यानर प्रहरीले हटाइदिएको छ। शुक्रबार विवेशील पार्टीले आफ्नो पार्टी कार्यालयको भवनमा टाँगेको “मोदीजी स्वागतछ तर नाकाबन्दी भूलेको छैन” लेखिएको ब्यानर प्रहरीले हटाईदिएको हो।

बिहिबार प्रेस बिज्ञप्ति गरी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणमा रहेका बेला २०७२ सालमा भारतले लगाएको अमानवीय नाकाबन्दीको क्षमायाचना गर्नु पर्ने बताइरहेको विवेशील साझाले शुक्रबार “मोदीजी स्वागतछ तर नाकाबन्दी भूलेको छैन” भन्ने सन्देश लेखिएको ब्यानर नै टाँगेपछी प्रहरीले निकालीदिएको छ ।

प्रहरीले पार्टी कार्यालयमा टाँगेको ब्यानर झिकिदिएपछी विवेशील साझाले यस कार्यलाई ओली सरकारको हस्तक्षेपको संज्ञा दिएको छ । उसले पार्टीको आधिकारी फेसबुक पेजमार्फत “प्रहरीले पार्टी कार्यालयमा टाँगेको “मोदीजी स्वागतछ तर नाकाबन्दी भूलेको छैन” लेखेको ब्यानर थुतेर लगेको र यो ओली सरकारको नाग्गो हस्तक्षेप भएको जनाएको छ ।

प्रकाशित : शुक्रबार, बैशाख २८, २०७५१५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुक्तिनाथमा मोदीको प्रतीक्षा: यस्तो सुन्दर बनाईयो जताततै !