दम, निमोनिया र थाईराइडबाट ग्रसित “एकल महिला”को संघर्षपूर्ण कथा

Leaderboard Banner

पोखरा ,  पोखरा भन्ने बित्तिकै सबैको मनमा सुन्दर पर्यटकीय  नगरी, स्वच्छ हावा, सफा तालहरु, मनमोहक हिमालका दृश्यहरु,  खचाखच आन्तरिक र बाह्य पर्यटक भएको ठाउँ भन्ने सम्झन्छौं ।

यहीं पोखरा भित्रै दैनिक १० औं हजारौं खर्च गर्ने मानिसहरु पनि छन् भने दैनिक बिहान बेलुकी गुजारा कसरी चलाउने भनेर दु:ख जिलो गर्ने आम सर्वसाधारणहरु पनि यही पोखरा भित्र छन् । विभिन्न कथाहरू मध्ये आज हामी एउटी एकल महिला जो २ छोरी र १ छोरा आमा ४० वर्षीय तारा परियार जो पोखराको फेवा तालको किनारामा चनाचटपटे बेचेर आफ्नो गुजारा चलाउँछिन् ।

विगत ६ महिना देखि यो व्यवसाय गर्दै आएकी तारा पहिले भने होटेलमा काम गर्थिन् । कामकै शिलशिलामा उनलाई थाइराइड, दम, निमोनिया भयो । दुई बिरामी परेर घरमै सुतिन उनी । अहिले पनि चिसो बढे पछि गाह्रो हुन्छ उनलाई ।

एउटी छोरी स्नातकमा पढ्दै छिन् भने अर्की छोरी १२ पढ्दै छिन् । दुवै जना रेस्टुरेन्टमा काम गर्छन ।

श्रीमानको छोरा ५ महिनाको हुदाँ दमौलीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । छोरा अहिले ६ कक्षामा पढ्दै छन् ।

फेवा ताल घुम्न आउनेका लागि चनाचटपटे बेचेर खुसी पार्ने तारा परियार आफैं र आफ्नो जिन्दगी देखि निकै दुखी छिन् ।

होटेलमा भाँडा माझ्ने, धेरै लुगा धुने, बिहान देखि बेलुका सम्म काम गर्ने चिसोको कारणले निमोनिया भयो ? त्यही निमोनिया बिग्रेर दम सुरु भयो ।

अहिले यति समस्या र रोग छन् कि मानसिक समस्याको समेत औषधी लिइरहेकी छिन् ।

दैनिक १००० सम्म कमाई हुने बताउने तारा परियार राजनीति देखि आजकल घृणा बढेकी बताउँछिन् ।

उनी भन्छिन्, “भोट लिने बेलामा ढोका-ढोकामा आउने अहिले आफूलाई दु:ख पर्दा कसैले चासो सम्म नराखेकोमा उनको चित्त दुखाई छ ।”

आफूले निकै दु:ख हण्डर किन पाईरहेको होला जस्तो उनलाई लागि रह्यो अनि पछि थाहा पाइन् । आफूले नपढेर त्यही भएर खाइ नखाइ गरी छोरीहरुलाई पढाइन र काम पनि गर्दै छन् । उनलाई चिन्ता भनेको उनको छोराको हो ? रोगले भेटिएको शरीर कुन बेला के हुने पत्तो छैन । छोरालाई कसैले सहयोग गरि दिए चिन्ता मुक्त हुन्थ्यो कि उनले हामीसँग दुखेसो पोखिन् ।

प्रकाशित : शुक्रबार, बैशाख २८, २०७५१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार: