नेपाल आउनु भन्दा ठ्याक्कै एक दिन पहिले मोदीले गरे ‘ब्याक टू ब्याक’ यस्ता ३ वटा ट्वीट(ट्वीटसहित)

Leaderboard Banner

काठमाडौं । भोलि नेपालको राजकीय भ्रमणमा आउँन लागेका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  सामजिक सञ्जाल ट्वीटर मार्फत आफु नेपाल आउँन लागेको जानकारीसहित लगातार तीन वटा ट्वीट गरेका छन्।

भोलि भारतको पटनाबाट सोझै जनकपुरधाम आउने कार्यक्रम तय भए अनुसारनै उनी हेलिकप्टर चार्टर गएर आउंदै छन्। उनी भोलिनै जनकपुरबाट काठमाडौँ आउनेछन्। एक दिन काठमाडौँ बसाईपछि पर्सि बैशाख २९ गते मुक्तिनाथ दर्शन गर्न जानेछन्। मोदीले आफू नेपाल आउनु भन्दा ठ्याक्कै एकदिन पहिले ट्वीट गर्दै, आफू नेपालका प्रधानमन्त्री ओलीको निमन्त्रणा नेपाल भ्रमण गर्न लागेको बताएका छन्। उनले आफ्नो पहिलो ट्वीटमा लेख्छन्, ‘दुई देशको सम्बधलाई अझ प्रगाड बनाउनको लागि प्रम ओलीसँग गम्भीरताका साथ विस्तृत रुपमा कुराकानी गर्नेछु।’

मोदीले पुन: पहिलो ट्वीट गरेको २ मिनेटमै फेरी लगातार २ वटा ट्वीट गर्छन्। उनी दोस्रो लेख्छन्, नेपालभ्रमणमा  रहँदा काठमाडौँ बाहेक त्यहाँ जनकपुर, र मुक्तिनाथ पनि भ्रमण गर्नेछु। यी ठाउँहरु तिर्थयात्री र पर्यटकका केन्द्र हुन्। जसले दुई देशबीच बलियो संस्कृतिक सम्बध स्थापित गर्न पनि सहयोग गर्छ ।’

मोदीले आफ्नो तेस्रो ट्वीटमा उनले नेपाल लोकतान्त्रिक अभ्यासको नयाँ चरणमा पुगेको र नेपालले गर्ने लागेको आर्थिक विकास र सम्वद्ध नेपाल निर्माणमा भारतले सहयोग गर्ने बताएका छन्।

पहिलो ट्वीट:

दोस्रो ट्वीट:

तेस्रो ट्वीट:

प्रकाशित : बिहिबार, बैशाख २७, २०७५१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोदी नेपाल भ्रमणमा रहेका बेला भारतमा भने गयो प्रलय: १८ को मृत्यु