आफ्नै शहर सफा गर्न पनि कोहि महामहिम नै आईदिनु पर्ने: अनि यस्तो चटारो [ फोटोफिचर ]

Leaderboard Banner

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमणमा आउने मिति नजिकिँदै राजधानी काठमाडौँमा उनको भब्य स्वागतको लागि सडक/चोक र गल्ली गल्ली सफा गर्ने र रङ रोगन लगाउने काम धमाधम भैरहेको छ ।

हिजो सम्म डुङ्गडुङ्ग्ती गनाउने सडक चोकहरु रातरात सफा भएका छन्। वर्षौँ देखि ढलको लागि भन्दै भत्क्याइएका सडकहरु पनि रातारत कालोपत्रे गरिएको छ। यसैबीच हामीले राजधानीका विभिन्न स्थानहरुमा गएर स्थलगत रिपोर्ट गर्ने क्रम राजधानीको बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट लगयतका क्षेत्रमा पुग्दा हेरक ठाउँमा बाटो बडार्ने, बाटो छेऊछाउँका झारपात गोड्ने, सडकको बीच तथा छेऊमा लगाएका र मर्न लागेका फूल र बोटबिरुवाहरुमा पानी हालिरहेको पनि पायौँ। सडक छेउमा नेपाल र भारत दुवै देशका झन्डा पनि ठाउँ ठाउँमा टाँगीएको छ।

केहि दिन पहिले सम्म देशकै एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलभित्रको फोहोर तथा झारपात छरपष्ट देखिने गरेकोमा आज भने जताततै सफा गरेको अनि सफा गर्दै गरेको देख्न सकिन्थ्यो। हामीले ती सबै स्थानमा भैरहेको सरसफाईको दृश्यहरु  हाम्रो क्यामेरामा कैद गरेका छौं।

कस्तो बिडम्बना आफ्नो गाउँघर, सहर तथा देश सफा गर्न पनि कोही महामहिम नै आईदिन पर्ने, अनि बल्ल रातारात सफाई वाह हाम्रो देश, हाम्रो सरकार !

भारतीय प्रधानमन्त्री मोदी यहि बैशाख २८ र २९ गते दुई दिने नेपाल भ्रमणको लागि आउँदै छन्। उनि २८ गते भारतको पटनाबाट सिधै जनकपुर जानेछन् भने त्यसपछि काठमाडौँ आउने कार्यक्रम  रहेको छ।

हेर्नुस्, मोदीको स्वागतको लागि राजधानीमा हुँदै गरेको सरसफाईका केहि दृश्यहरु: [ फोटोफिचर ] 

तस्विर – सरोज दाहाल, बिगुल न्यूज 

प्रकाशित : बिहिबार, बैशाख २७, २०७५१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोदीको स्वागतको लागि भन्दै विधार्थीको प्रयोग: दिउँसो १ बजेदेखि टनटलापुर घाम बालबालिका