समाज कल्याण परिषद्का निर्देशक नै दोहोरो नागरिकताधारी , कीर्तेमा फसे तर मन्त्रीले नै दिए संरक्षण

Leaderboard Banner

काठमाडौं । समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेत दुईवटा नागरिकता लिएको काण्डमा फसेका छन् । यो खबर यूनाइटेड पोस्ट साप्ताहिकमा प्रकाशित छ ।

दुईवटा नम्बर रहेको नागरिकता लिएका वस्नेतलाई महिला बालबालिका तथा समाजकल्याणमन्त्री थम माया थापा मगरले संरक्षण गरेकी छिन् ।

कारबाही गर्नुपर्ने निर्देशक बस्नेतलाई मन्त्री थापाले परिषद्को प्रशासन विभाग र योजना विभागको जिम्मेवारी दिएकी छिन् ।

निर्देशक बस्नेतविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

परिषद्का निर्देशक वस्नेतले दुईवटा नगरिकता लिएको विषयमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा पुगेर बयान पनि दिएका छन् ।

बयानमा वस्नेतले पुरानो नागरिकताअनुसार अवकास पाइसकेको बताएका छन् ।

उनले नयाँ नागरिकता अनुसार आगामी फागुन १५ गतेसम्म काम गर्न पाउनेछन् ।

बस्नेतले २०३५/११/२८ मा १८ वर्ष उमेर तोकी १२६९/०३५/०३६ नम्बरको पहिलो नागरिकता लिएका थिए ।

यसैलाई आधार मान्ने हो भने उनी २०१७ सालमा जन्मिएको र हाल ५८ वर्ष पुगिसकेको देखिन्छ ।

तर, उनले २०४४/१०/११ मा नागरिकता टोलीबाट २/२०५ नम्बरको अर्को नागरिकता लिएका थिए ।

जसमा जन्म मिति २०१८/३/१५ उल्ल्ेख छ ।

सरकारी कर्मचारी भएर लाभका पदमा बस्न दोहोरो नागरिकता लिएर कीर्तेकाण्ड मच्चाएका निर्देशक बस्नेतलाई मन्त्री थापाले संरक्षण गरेकोमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र समाजकल्याण परिषदका कर्मचारीहरू छक्क परेका छन् ।

स्रोतका अनुसार मन्त्री थापालाई ठूलो आर्थिक प्रलोभनमा पारेर निर्देशक बस्नेत कारबाहीबाट जोगिएका छन् ।

यसअघि नागरिकताको जन्ममिति कीर्ते भएको अभियोगमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सरकारले न्यायपरिषद्को सचिवमार्फत हटाएको थियो ।

तर, पराजुलीले भन्दा पनि गम्भीर अपराध गरेका निर्देशक बस्नेतलाई एमाले नेतृ एवम् महिला बालबालिका मन्त्री थापाले नै संरक्षण गरेको भन्दै आलोचना सुरु भएको छ ।

प्रकाशित : बिहिबार, बैशाख २७, २०७५०९:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चाचाको कुटाइबाट घाइते ‘गोल्ड डन’ गोरे कहाँ छन्