ट्वीटबारे प्रचण्डको जिज्ञासामा ओलीको यस्तो जवाफ- ‘अर्कै सोचेको थिएँ अर्कै हुन गएछ।’

Leaderboard Banner

काठमाडौं । बुधबार प्रधानमन्त्री एवम् नेल्कापा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष  पुष्प कमल दाहाल ‘प्रचण्ड’ वान टू वान वार्ता भएको छ।

लगभग पौने ३ घण्टा चलेको उक्त वार्तामा आगामी बजेट निर्माण, पार्टी एकता लगायतका विषयमा छलफल भएको थियो । उक्त बैठकमै प्रचण्डले सोमबार दिउँसो केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटबारेमा समेत ओलीसँग जिज्ञासा राखेका छन्।

छलफलकै क्रममा प्रचण्डले ओलीलाईतपाईले सोमबार गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित थियो भन्दै प्रश्न गरेका थिए। प्रतिउत्तरमा  प्रधानमन्त्री ओलीले ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा टि्वट गर्दिएछन्, खासमा मैले अर्कै सोचेको थिएँ अर्कै हुन गएछ।’ ओलीको जवाफ थियो

आज भएको दुई नेताबीचको बैठकमा पार्टी एकताको विषयमा विश्वासको वातावरण तयार कसरी पार्न भन्ने बारे पनि केन्द्रित भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रकाशित : बुधबार, बैशाख २६, २०७५१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोदीको स्वागतको लागि मुक्तिनाथको जंगल समेत कुचो लगाईदै