हेडफोनमा गीत सुन्नुहुन्छ ? सावधान ! करेन्ट लागेर एक महिलाको मृत्यु

Leaderboard Banner

काठमाडौँ । उत्तरी छिमेकी देश भारतको उत्तरी राज्य तमिलनाडुको राजधानी चेन्नईमा एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एक महिला राति हेडफोनमा गीत सुनेर सुतेकी थिईन। तर बिहान मृत अवस्थामा उनको शव फेला परेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ४६ वर्षीय महिलाको नाम फातिमा हो । उनी चेन्नईको कन्थुर निवासी हुन् । सधैंजसो उनी त्यो रात पनि कानमा हेडफोन लगाई गीत सुनेर सुतेकी थिईन ।

अर्को दिन जब उनको पति उनलाई उठाउन पुगे तर उनी उठिनन । शङ्का लागेर उनको पतिले बाँकी घरका मानिसलाई बोलाए र उनलाई तुरुन्तै अस्पताल लिएर गए।

अस्पतालमा उनलाई चिकित्सकले मृत घोषित गरे। त्यस पछि अस्पतालले यसको सूचना कन्थुर प्रहरीलाई दियो र शव पोस्टमार्टमको लागि पठायो ।

पोस्टमार्टम रिपोर्टको अनुसार उनको मृत्यु करेन्ट लागेर भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। प्रहरीका अनुसार हेडफोनमा शर्ट सर्किट भई फातिमाको ज्यान गएको हो । प्रहरीले प्राकृतिक मृत्युको मामिला दर्ता गरेको छ।

(एजेन्सी)

प्रकाशित : बुधबार, बैशाख २६, २०७५१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाल आउनु भन्दा ठ्याक्कै एक दिन पहिले मोदीले गरे ‘ब्याक टू ब्याक’ यस्ता ३ वटा ट्वीट(ट्वीटसहित)