पूर्वराजाको योजनामा श्रीनिवासले गराए आफैँमाथि आक्रमण

Leaderboard Banner
तस्बिर श्रोत : सौर्य राष्ट्रिय दैनिक

बिराटनगर । हिन्दू धर्मगुरु आचार्य श्रीनिवासले पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा धार्मिक दंगा फैलाउने नियतका साथ आफूमाथि गोली प्रहार गराएको रहस्य खुलेको छ । यो समाचार आजको सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट गरेलगत्तै आफैँले पेस्तोलको व्यवस्था गरी गोली हान्नसमेत सिकाएको तथ्य उनकै अंगरक्षकले खोलेका हुन् ।

गत २५ चैतमा आचार्य श्रीनिवासमाथि मध्यराती गोली प्रहार भएको थियो ।

सो गोली काण्डको रहस्य पत्ता लगाई प्रहरीले केही अभियुक्तलाई नियन्त्रणमा लिएपछि धार्मिक दंगा मच्चाउनका लागि घटना रचिएको तथ्य बाहिर आएको हो ।

आचार्यलाई गोली हान्ने माधव चौधरी र पेस्तोल उपलब्ध गराउने लक्ष्मीराज अधिकारीको वयानपछि पूर्वराजाको रणनीतिमा श्रीनिवासले यस्तो योजना बनाएको पाइएको छ ।

आचार्यका सहयोगी दुवैले हिन्दू अधिराज्य कायम गर्नका लागि भएका आन्दोलन सार्थक नभएपछि हिन्दू धर्मगुरु र हिन्दू धर्मावलम्बीलाई उक्साउन गोलीकाण्डको योजना तय गरिएको वयान प्रहरीसमक्ष दिएका थिए ।

‘हिन्दू अधिराज्य कायम गराउने आचार्य श्रीनिवासको अभियानलाई रोक्न गैरहिन्दूहरूले गोली हानेको प्रचार निर्मल निवासमार्फत गराइयो ।

रापप्रालाई विरोध र्याली नै निकाल्न लगाइयो,’ घटनामा पूर्वराजाको संलग्नता उल्लेख गर्दै स्रोतले भन्यो ।

सोही सूचनाका आधारमा करिब एक महिनाको छानबिनपछि प्रहरीले आचार्य श्रीनिवास स्वयं नै घटनाको मुख्य योजनाकार रहेको तथ्यमा पुगेको हो ।

निर्मल निवासको संलग्नता रहेको पूर्वसंकेत पाइसकेको प्रहरी टोलीले उपचारलगत्तै काठमाडौं हुँदै दिल्ली भाग्ने क्रममा आचार्य श्रीनिवास रहेको सूचना पाइसकेको थियो ।

सो सूचनाकै आधारमा प्रहरीले काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतका अनुसार हिन्दू अधिराज्य पुनःस्थापना गर्ने अभियानमा जनताको ध्यान नतानिएका कारण श्रीनिवास आफैँले आफ्नै अंगरक्षक प्रयोग गरेर गोली हान्न लगाएका थिए ।

गोली हान्ने पेस्तोलसमेत उनैले उपलव्ध गराई दुई दिन तालिमसमेत दिइएको थियो ।

‘गुरुले नै गोली चलाउन सिकाउन लगाउनुभयो, हातमा हान्नु भन्ने आदेश थियो, तर रातको समय भएकाले छातीमा लाग्न पुग्यो,’ आचार्य श्रीनिवासका अंगरक्षकले चौधरीले प्रहरीसमक्ष दिएको वयानमा भनेका छन् ।

प्रहरीका अनुसार फिल्मी शैलीमा तीन मिटर परबाट हातमा लाग्ने गरी हानिएको गोली असावधानीबस् छातीमा लागेको वयान श्रीनिवासका अंगरक्षक चौधरीले दिएका हुन् ।

प्रहरीले सो घटनाको जड पत्ता लगाउनसमेत आफ्नो ध्यान केन्द्रित गरेको छ ।

घटना हुनुभन्दा एक महिना अघिदेखि विराटनगरमा पूर्वराजावादीहरूको चहलपहल निकै बढेको विषयलाई समेत अनुसनधान थालिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र झापास्थित आफ्नै हिमालयन टी गार्डेनमा मुकाम बनाएर अतिवादी हिन्दू नेता तथा धार्मिक गुरुहरूलाई भेटेपछि यो घटना घटाइको स्रोतको भनाइ छ ।

ज्ञानेन्द्रले घटना हुनुभन्दा एक साताअघि मात्रै आचार्य श्रीनिवासलाई भेट गरेका थिए ।

टी गार्डेनमै पूर्वराजासँग लामो छलफल गरेका आचार्यले विराटनगर फर्केलगत्तैबाट धार्मिक दंगा भड्काउने योजना बनाएको स्रोतले बतायो ।

स्रोतका अनुसार करिव डेढ सयभन्दा बढी नेता कार्यकर्ता भेटेका पूर्वराजा ज्ञानेन्द्रले सबैलाई हिन्दू अधिराज्य स्थापनाका लागि उक्साएका थिए ।

उनले अभियान अघि बढाउँदा लाग्ने खर्चको चिन्ता नगर्नसमेत भनेको स्रोतले बतायो । ‘यसरी भएन, हाम्रो धर्म संस्कृति परम्परा समाप्त पारिँदै छ, तपाईंहरू जाग्नोस्,’ भेटेजति सबैलाई पूर्वराजा ज्ञानेन्द्रको भनाइ उधृत गर्दै एक पूर्वराजावादीको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्रले हिन्दू अधिराज्य नभए ‘तीन राप्रपाबीचको एकताको काम छैन’ भन्ने अडानसमेत राखेका थिए ।

उनको सो षडयन्त्र जानकारी पाएलगत्तै कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तीन वटै राप्रपाले पार्टी एकता गर्ने निचोडसहित नेपालमा कुनै प्रकारको राजसंस्था नचाहिने र पूर्वराजाको गतिविधिमाथि सरकारले निगरानी राख्नुपर्ने बताएको थियो ।

‘पूर्वराजाको हर्कत देखेर नै राप्रपाका तीनै अध्यक्षले एकता वार्ताको बैठकमा निगरानीमा राख्नुपर्ने बताएका हुन्, तर, सरकारले पूर्वराजावादीकै सहयोगी रहेको नेताहरूको संकेत बुझ्न सकेन र बिराटनगरमा यस्तो काम सफल गराए,’ राप्रपा (प्रजातान्त्रिक) का एक नेताले भने ।

स्रोतका अनुसार निर्मल निवास संघीय लोकतान्त्रिक गणतन्त्र फाल्दै राजसंस्था कायम गराउन हिन्दू धर्मलाई माध्यम बनाउन चाहन्छ ।

‘हिन्दू राज्य कायम गर्न’ भएको आन्दोलन सार्थक नभएपछि हिन्दू धर्मावलम्बी र धर्मगुरुलाई निर्णायक आन्दोलन गर्न उक्साउनका लागि ज्ञानेन्द्रले आचार्यलाई निर्देशन दिए, उनले आफ्नै अंगरक्षकलाई स्वयंमाथि गोली प्रहार गर्न लगाएर दंगाको अन्तिम योजना बनाए,’ स्रोतले भन्यो ।

‘गोलीकाण्ड गराउनका लागि आचार्यले अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाएर चौधरीलाई गोली हान्ने तालिमसमेत दिलाएको तथ्य मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले दिइसकेका छन् ।

घटना भएकै दिनदेखि शंकामा रहेका अंगरक्षक चौधरी २६ दिनपछि पक्राउ परेपछि आचार्यको षड्यन्त्र पर्दाफास भएको हो ।

उनीसँगै पूर्वराजा ज्ञानेन्द्रको धार्मिक दंगा भड्काउने योजना पनि खुलेको हो । ‘विराटनगर घटना आचार्यले होइन, पूर्वराजाले नै बनाएका हुन्, यसमा गम्भीर छानबिन हुन जरुरी छ,’ हिन्दू धर्मकै एक गुरुले भने ।

प्रकाशित : बुधबार, बैशाख २६, २०७५१०:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रचण्डले जे–जे भन्छन् त्यो मानेर एमालेले पार्टी एकता