धर्म गुरु आचार्यमाथि हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा

Leaderboard Banner
फाइल फाेटाे

विराटनगर, २५ वैशाख, धर्म गुरु श्रीनिवास आचार्यमाथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।

आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट आज १० दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो ।

सोमबार प्रहरीले काठमाडौंमा पक्राउ गरी आचार्यलाई विराटनगर ल्याइएको हो ।

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर नगरपालिका बेलचौंकका माधव जोशी र नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

विराटनगर–१४ को जतुवास्थित रामजानकी मन्दिरमा कथा वाचन गर्न आएका बेला गत चैत २५ गते गोली प्रहारबाट घाइते भएका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएको थियो ।

प्रकाशित : मङ्गलबार, बैशाख २५, २०७५२०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज कानुन दिवस : कामु प्रधानन्यायाधीशद्वारा शुभकामना