ओलीको ट्वीटबारे कडा प्रतिक्रिया दिंदै प्रचण्डले भने, ‘के के कुरा मैले पनि सुनेँ, चिज गम्भीर छ’…

Leaderboard Banner

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार गरेको एउटा ट्वीटले यतिबेला राजनीतिक सरगर्मी बढेको छ।

उक्त ट्वीटका कारण सत्ता घटक दल नेकपा माओबादीभित्र समेत गम्भीर चसोसँगै आसंका पैदा भएको आजको माओबादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले  प्रष्ट परेको छ। मंगलबार बैठकमा बोल्दै प्रचण्डले आफूले पनि ओलीको ट्वीटबारे सुनेको भन्दै आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने समेत बताएको बैठकमा सहभागी एक नेताले बताए।

अध्यक्ष प्रचण्डले ओलीको ट्वीटको प्रसंग निकाल्दै ओलीको ट्वीटको सुनेको र त्यो ओलीकै आधिकारिक धारण हो या हैन भन्ने बुझ्नु पर्ने बताएका थिए। प्रचण्डले यदि त्यो ओलीकै आधिकारिक धारणा भएको भए ‘चिज गम्भीर रहेको’ भनेर बुझ्नु पर्ने समेत बताएको ती नेताले बताए। प्रचण्डले भने, ‘एउटै  घोषणापत्र बनाएर निर्वाचनमा गएको पार्टीसँग बजेट निर्माणमा पनि कुनै परामर्श छैन, त्यत्रा सचिव सरुवामा पनि सल्लाह नै छैन, अब पार्टी एकता हुँदै गर्दा के के भनेको छ, अब यस बारेमा गम्भीर कुरा गर्ने बेला आएको छ।’

प्रचण्डले बजेट निर्माणमा आफुहरुलाई उपेक्षा गर्न खोजिएको पनि बताए। उनले परि एकीकरणको विषयमा बोल्दै भने, ‘पार्टी एकता अपरिहार्य छ तर हेपिएर, दबिएर वा अपमानजनक तरिकाले पार्टी एकता चाहिं हुँदैन।’

खासमा के भनेका थिए ओलीले ट्वीटमा:
‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेकाछौं । आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’

प्रकाशित : मङ्गलबार, बैशाख २५, २०७५१८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता हुँदै, यस्ता छन् छलफलका विषय