सरकार र यातायत ब्यवसायीबीच ५ बुँदे सहमति: सिण्डिकेट अन्त्य भएको घोषणा (बिज्ञप्तिसहित )

Leaderboard Banner

काठमाडौं । सिन्डिकेट कायम गर्न पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका यातयात व्यवसायी र सरकारबीच भएको वार्ता निष्कर्षमा पुगेको छ। गत बैशाख २१ गतेबाट यातयात ठप्प परेर आन्दोलनमा उत्रिएका सिण्डिकेटधारी यातायात व्यवसायीविरुद्ध सरकार आक्रामक भएर लागेपछि  व्यवसायीहरु आफ्ना अन्य आन्दोलनका कार्यक्रम पनि फिर्ता गर्दै सिण्डिकेट तोड्न सहमत भएका हुन्।

योसँगै लामो समयदेखि यातायात क्षेत्रमा रहेको विवाद अन्त्य गर्न सरकार र व्यवसायी सहमत भएका हुन्। आज बसेको यातायात व्यवसायी सरकारबीचको दुईपक्षीय वार्तापछि सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै सरकार र व्यवसायी दुबैले अब देखि सिन्डिकेट अन्त्य भएको घोषणा गरेका छन् ।

अब बाँकि रहेका सामान्य विवाद अन्त्यका लागि सरकार र व्यवसायी सम्मिलत संयुक्त कार्यदल बनाउने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । आजको वार्तासँगै यातयात व्यवसायीले घोषणा गरेको सबै खाले आन्दोलनका कार्यक्रम समेत फिता लिएका छन्। वार्ता सकिए लगत्तै पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायतमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य भएको जनाएका छन्  ।

अन्त्यमा मन्त्री महासेठले आम सञ्चारमाध्यम, उद्योगी/व्यवसायी तथा सर्वसाधारणले सिन्डिकेट अन्त्य गर्नको लागि दिएको आपर साथ र समर्थनको लागि धय्बाद समेत दिएका छन्।

प्रेस बिज्ञप्ति:

प्रकाशित : सोमबार, बैशाख २४, २०७५१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण