राष्ट्रिय सभामा उठ्यो सिमा अतिक्रमणको विषय: मोदीसँग एसएसबीको ज्यादतीबारे करा उठाउन सुझाव

Leaderboard Banner

काठमाडौं । भारतीय अतिक्रमण र एसएसबीको ज्यादतीबारे आजको राष्ट्रिय सभामा बहस भएको छ। आजको बैठकमा विशेष समय लिएर बल्ने क्रममा अधिकांस सांसदले भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपालीमाथि गरेको ज्यादती र सिमा अतिक्रमणबारे दुईपक्षीय वार्ताको विषय बनाउन माग गरिएको छ।

सोमबारको बैठमा कञ्चनपुरको पुनर्बासमा भारतीय पक्षले पटक पटक गर्ने गरेको ज्यादती, एसएसबीले देखाउने गरेको दादागिरीको विषयलाई अब दुई देशका प्रधानमन्त्रीय तहमा लैजानुपर्ने सांसदहरूले सरकारलार्इ सुझाव दिएका थिए । वैशाख २८ देखि २९ सम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लागेको नेपाल भ्रमणका बेला यी विषय उठाउन सांसदले सरकारलाई ध्यानाकर्ष्ण गराएका छन्।  रहेको थियो।

संसदमा बोल्ने क्रममा सांसद हरिराम चौधरीले भारतीय सुरक्षाकर्मीबाट पुनर्वासमा गरिएको ज्यादती निन्दनीय रहेकाे भन्दै मोदीको नेपाल भ्रमणका बेला यो कुरालाई विशेष एजेण्डा नै बनाउनुपर्ने धारणा राखेका थिए । विशेष समय माग गर्दै बोलेका चौधरीले भारततिरबाट आएका जनावरले बालीनाली नष्ट गर्ने र राेकथाम गर्न स्थानीय नगरपालिकाले प्रयास गर्दा भारतीय सुरक्षाकर्मीले ज्यादती गर्ने गरेको उनको धारणा थियो  ।

त्यसैगरी, कञ्चनपुरकै अर्का संसाद इन्दु कडरियाले पुनर्वासमा पटकपटक भारतीय सुरक्षाकर्मीले ज्यादती गर्ने गरेको भन्दै उनले गत वर्ष यही समयमा भारतीय ज्यादती विरुद्ध लड्दा गोविन्द गौतमले शहादत प्राप्त गरेको समेत संसदलाई स्मरण गराईन्।

प्रकाशित : सोमबार, बैशाख २४, २०७५१४:३३
अर्को समाचार:

अकूत सम्पति आर्जन गर्नेमाथि छानबिन गर्न सांसदको माग