मोदिलाई वैशाख २९मा अभिनन्दन! काठमाडौँ महानगरपालिकाको पनि साँचो हस्तान्तरण गरिने!

Leaderboard Banner

काठमाडौँ,२३ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्नुहुनेछ । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।

प्रकाशित : आइतबार, बैशाख २३, २०७५१३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

छोरा नपाएको झोकमा धारिलो हतियार प्रहार!