मोटरसाइकल र जीप एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु

Leaderboard Banner

काठमाडौँ, २३ वैशाख : काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति ११ बजे बा३च १६५४ नंको जीप र बा४०प ५७७५ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि रहेका अर्जुन बोहोरा भने घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले दुर्घटनाबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो ।

घाइते बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित : आइतबार, बैशाख २३, २०७५०९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी