बाख्रा खानको लागि बाख्राखोरमा पसेको बाघ खोरमै अड्किएपछि…

Leaderboard Banner

काठमाडौँ । मकवानपुरमा बाख्रा खानको लागि बाख्राखोरमा पसेको बाघ खोरमै अड्किएको छ। जिल्लाको मनहरी गाउँपालिका–९ मा पर्ने ज्यामिरेमा बाख्राखोरमा बाघ अड्किएपछि गाउँमै त्रासदी फैलिएको छ।

गाउँमा पसेको बाघ स्थानीय जितबहादुर सुनारको बाख्राको खोरमा बाख्रा खाने क्रममा खोरमै अड्किएर बाहिर निस्कन नसकेपछि गाउँमा कतिखेर बाघ त्यहाँबाट निस्कने हो या के गर्ने हो भन्ने कुराले त्रास फैलिएको हो। त्यहाँका स्थानीयबासीले दिएको जानकारी अनुसार, खोरमा घुसेर २ बाख्राको खाएको बाघ बाहिर आउन नसकेर त्यहीँ फँसेको  हो।

बाघ खोरमै थुनिएको जानकारी पाएपछि निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको बाघ नियन्त्रण गर्ने टोली घटनास्थल पुगेका छन् । यातिबेला पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै त्यहाँ आसपासका बस्तीमा बाघको त्रास बढ्न थालेको छ ।

गत चैत १२ गते मात्रै स्थानीय सरस्वती बर्तौलालाई बाघले आक्रमण गर्दा उन्कू ज्यान गएको थियो।

प्रकाशित : शनिबार, बैशाख २२, २०७५१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोडल परी तामाङको पोर्न भिडियो पोर्न साईटमार्फत सार्वजनिक