२२ दिनकी सुत्केरीको रहस्यमय मृत्यु, बारीको रुखमा मृत फेला

Leaderboard Banner
प्रतीकात्मक तस्वीर

त्रिशूली, नुवाकोट, २२ वैशाख : बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित : शनिबार, बैशाख २२, २०७५१०:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अज्ञात समूहद्वारा गाडीमा आगजनी