सुनखानीको घ्याम्पेखोला दुर्घटना: चालक र सहचालकको अवस्था गम्भीर

Leaderboard Banner
सांकेतिक तस्विर

नुवाकोट । नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

आज बिहान शिवपुरी गाउँपालिका–७ सुनखानीको घ्याम्पेखोला भन्ने स्थानमा मिनीट्रक दुर्घटना हुँदा त्यसका धनी एवं चालक लिखु गाउँपालिका–१ का सुरेन्द्र बस्नेत र सोही स्थानका सहचालक विकास श्रीपाली घाइते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

घाइते चालक २९ वर्षीय बस्नेत र सहचालक १७ वर्षीय श्रीपाली दुवैजनाको अवस्था गम्भीर भएकाले उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको छ ।

पानी परिरहेको र रातको समयमा तीव्र गतिमा रहेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल मिनीट्रक पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित : शुक्रबार, बैशाख २१, २०७५१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

घरबाटै पक्राउ परे धौलागिरि बस व्यवसायी समितिका महासचिव