गाडी बन्द गर्ने व्यवसायीको रुट परमिट आजै खारेज गरीने

Leaderboard Banner

काठमाडाै । सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरूले गाडी ठप्प गरेर अान्दाेलन थालेपछि सरकार कडा रूपमा प्रस्तुत भएकाे छ  । सरकारले  बस व्यवसायीले गाडी नचलाएर यात्रूहरू मारमा परेकाे भन्दै गाडी बन्द गर्ने यातायात व्यवसायी समिति र संघहरुको रुट परमिट आजै खारेज गर्ने भएको छ ।

यातायात  विभागले देशभरका १४ वटै यातायात कार्यालयमार्फत् गाडी गुडाउने र नगुडाउने व्यवसायीको तथ्यांक संकलन भइरहेको जानकारी दिएको छ । यदी अाज बेलुका सम्म व्यवसायीले गाडी   नचलाएमा तंथ्याङ्क लिएर रूटपरमिट खारेज गरीने विभागले जनाएकाे छ ।

यातायात व्यवस्था विभागका अनुसार कुनै पनि रुटमा कम्पनी,फर्म वा सहकारीमा दर्ता भएर प्रक्रिया पुर्‍याएर  आए एकै दिनमा अस्थायी रुट दिइनेछ भने स्थायी रुट विभागले अध्ययन गरेर दिने व्यवस्था समेत मिलाएको छ।

यातायात व्यवस्था विभागले चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको थियो। विभागकाे यस्ताे निर्णय संगै सिन्डिकेट पक्षधरका व्यवसायी हरू अान्दाेलनमा उत्रेका थिए ।

प्रकाशित : शुक्रबार, बैशाख २१, २०७५१६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ग्यारेजमा गाडी थन्काएर आन्दोलनमा जाने व्यवसायीको रुट परमिट खारेज गर्ने तयारी