तस्करीमा संलग्न भन्दै यति धेरै व्यक्ति पक्राउ परे : आखिर त्यो ३३ किलो सुन चाहिँ कहाँ छ ?

Leaderboard Banner

बिगुल न्यूज
काठमाडौँ । आजभोलि जता हेर्यो त्यतै ३३ किलो सुन प्रकरणमा संलग्न पक्राउ परेको र नयाँ कुरा यस्तो उस्तो खुलाशा भयो भन्ने मात्र समाचार आइरहेका छन्। कति धेरै कुराहरु सार्वजनिक भए हुने क्रममा पनि छन्। यसै प्रकरणमा प्रहरी प्रशासन बद्नामनै हुने गरे हवल्दार देखि एसएसपी, डीआईजी, एआईजी र पूर्व आईजीपीहरु सम्म पनि यस विषयमा पोलीए।

६३ जनाविरुद्ध त मोरङ अदालतमा मुद्धा नै दर्ता भएको छ। करिव २८/३० जना व्यक्तिहरु पक्राउ नै परिसके। जहाँ ७ जना बहालवाला प्रहरी अधिकारीहरु नै रहेका छन् भने अन्य केहि पूर्व एआईजी पनि रहेका छन्।  तर, त्यो तस्करीको ३३ किलो सुनचाहिँ आखिर कहाँ छ ?’ यो कुरा निकै पेचिलो बनेको छ, यतिबेला। फेरी अर्को कुरा तस्करीका मुख्य अभियुक्त भनिएका ‘गोरे’ भनिने चुडामणी उप्रेती बेला बेलामा अहिले पक्राउ परेका केहि बहालवाल प्रहरी अधिकारीको सम्पर्कमा हुनु र यतिबेला एकाएक गायब हुनु पनि अर्को रहस्यको विषय बनेको छ।

फेरी सुनको खोजी गरिएको कुरा कतै नआउनु तर यति जना पक्राउ परे,  उति जना पक्राउ परे मात्रा भनिँदै गरेको अवस्थामा अहिले त्यो तस्करीको ३३ किलो सुन चाहिँ कहाँ छ भने विषय सबैको जिज्ञासाको कुरा बनेको छ। यस पटकको सुन तस्करी प्रकरण यसकारण पनि धेरै महत्वपर्ण छ किनभने यसै प्रकरणसँग जोडिएर शरीर बन्धक, यातना र हत्या सम्मको अपराध भएको छ।  फेरी यी सबै कुराको जड सुन नै भएका कारण पनि त्यो हराएको सुन फेला नपर्दा सम्म तस्करीको वास्तविक गिरोह र अन्य थुप्रै विषय ओझेलमा पर्ने छ।

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको भनिएको तस्करीको ३३ किलो सुनको भरिया भनिएका सनम शाक्य हत्या भैसकेको छ भने अर्का एक जना सुन तस्करीसंगै जोडिएका व्यक्तिले त्रिभुवन विमानस्थलमै गुडिरहेको पानी बोक्ने ट्यांकरमा कुदेर आत्महत्या गरिसकेका छन्।यतिबेला कसैले उक्त सुन गालेर बेचिएको, अन्यत्रै पठाईएको, कसैले विमानस्थलबाटै बाहिर ननिस्किएको कसैले भने मुख्य तस्कर र प्रहरीकै मिलोमोतोमा गायब परिएको अड्कलबाजी गरिरहेका छन्। फेरी यता भरिया भनिएका मृतक व्यवसायी सनम शाक्यको हत्यारा चाहिँ पत्ता लागौं सक्ने प्रहरीले त्यहि भरियाले बोकेको सुन पत्ता लगाउन नासक्नु आफैमा रहस्यले भरिएको विषय पक्कै हो।

सुन तस्करी र सनम हत्या प्रकरणमा जिल्ला अदालत मोरङले एकै दिनमा बिहिबार ६३ जना विरुद्ध  मुद्धा दर्ता गराएको छ।  यति धेरै जनाविरुद्ध मुद्दा गरिएको यो पहिलो चोटी भएको अदालतले पनि जनाएको छ।

प्रकाशित : शुक्रबार, बैशाख २१, २०७५१३:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एकता बारे प्रचण्डले दिए यस्तो कडा अभियक्ति!