रामपुरमा अनौठो गुफा फेला

Leaderboard Banner

रामपुर, पाल्पा, २१ वैशाख : रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ ।

रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो ।

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो ।

करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीयवासी दिनेश कुमालले जानकारी दिनुभएको छ ।

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शंख, विभिन्न भगवान्का आकृति, पानीका धारा, पानी पोखरी रहेका छन् ।

गुफाको भित्री भाग निकै फैलिएकाले गुफाभित्र एक हजार मानिस अट्ने क्षमता रहेको शंकर कुमालले जानकारी दिनुभयो ।

यहाँका १३ जना स्थानीय युवाले आज गुफाको खोजी अनुसन्धान गर्ने क्रममा भित्र पसेर हेर्दा अनौठो प्रकृतिको गुफा फेला परेको नगरपालिका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

यस गुफाले रामपुरको पर्यटन विकासमा ठूलो टेवा पु¥याउने हँुदा गुफाको संरक्षण र विकासमा नगरपालिका लाग्ने उहाँ बताउनुहुन्छ ।

प्रकाशित : शुक्रबार, बैशाख २१, २०७५०९:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफ्नै छोराबुहारीको हत्यामा संलग्न पक्राउ!