गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको डा. गोविन्द केसीको आरोप

Leaderboard Banner

काठमाडौं । चिकित्सा क्षेत्रको लुटतन्त्र र माफियातन्त्रको विरोध गर्दै आन्दोलन र अनसन बस्दै आएका त्रिवी शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले सरकारसँग शिक्षा ऐनको रुपमा ल्याइएको नयाँ अध्यादेशलाई तत्काल पारित गर्नु पर्ने माग राखेका छन्।

उनले एक प्रेस बिज्ञप्ति नै जारी गर्दै बिहिबार यस्तो माग राखेका हुन्। चिकित्सा शिक्षा ऐनको प्रथम अध्यादेशअनुरुप हुने गरी पारित गर्नु पर्ने उनको आग्रह थियो। चिकित्सा एन संघिय संसद गठन् हुनु भन्दा पहिले एक पटक संसदमा पुगेर पारित हुन सकेको थिएन। त्यसबेला एन पारित हुन् नसकेपछि अध्यादेशको रुपमा जारी गरिएको थियो। अहिले संघिय संसद बनेपछि पुन त्यसलाई नयाँ अध्यादेश कै रुपमा जारि गरिएको छ।   डा. केसीले ओली सरकार माईतीघर मण्डला क्षेत्रलाई प्रदर्शन गर्न निषेध गर्ने सरकारी निर्णय तत्काल फिर्ता गर्नुपर्ने बताए। चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर्याएका त्रिविका पदाधिकारी लगायत सबै पदाधिकारीहरुलाई आयोगको सिफारिस अनुसार कार्वाही गर्नु पर्ने पनि माग उनले राखेका छन्।

त्यसैगरी चिकित्साशास्त्र स्नातकोत्तर तहमा गैरकानुनी रुपमा पैसा असुल्ने निजी मेडिकल कलेजलाई कारवाही गर्नु पर्ने लगायत माग उनले प्रेस बिज्ञप्तिमार्फत राखेका छन्।  त्यस्तै डा.केसीले सर्वेच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले आफु पदमुक्त भएपछी पनि अझै आफु फस्ने र दण्डको भागिदार हुनु पर्ने त्रासका कारण कर्मचारीहरुलाई धम्क्याउने र ज्यानको समेत धम्की दिने गरेको बताउँदै उनीमाथी समेत छानबिन र कार्वाही हुनु पर्ने माग आगाडि सरेका छन्।

प्रकाशित : बिहिबार, बैशाख २०, २०७५१६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हेर्नुस् १२ तस्विरमा, यसरी हुँदैछ मोदीको स्वागतको लागि काठमाडौँमा धमाधम तयारी…