नीता अम्बानीले लगाउछिन् यति महँगो साडी, जुन पैसाले साधारण मान्छे एउटा घरनै किन्न सक्छ

Leaderboard Banner

एजेन्सी । एसियाकै धनि व्यक्ति मुकेश अम्बानका छोरा आकाश अम्बानी यतिबेला निकै चर्चामा रहेका छन्। हालै मात्र उनले श्लोका मेहतासँग प्री-इनगेजमेन्ट गरेका छन् । श्लोका हीरा कारोबारी रसेल मेहताकी सानी छोरी हुन्

इनगजमेन्टमा आकाशकी आम नीता अम्बानीले अफ ह्वाईट एथनिक ड्रेसमा देखिएकी थिइन्। जहाँ पिता मुकेश अम्बानी  हाफ स्लीव्स चेक शर्टमा देखिएका थिए। जसरी ब्यापारीक दुनियाँमा चर्चित छन् त्यत्तिनै नीता सामाजिक जीवनमा सक्रिय र चर्चित रहेकी छिन्। यति मात्र हैन नीता निकै विलासी जीवन जिउने खालकी पनि छिन्

  

फेसन लेडी वेबसाइटको रिपोर्टका अनुसार नीतासँग ४० लाखका साडी मात्र रहेका छन्। ती साडीहरु चेन्नई सिल्कका निर्देशक सिवालिंगमले डिजाईन गरेका हुन्। ती साडीहरुको विशेषता भनेको यो हो की, यसको नाम हो ‘विवाह पातु’, जुन भारतका चर्चित आर्ट आइकन राज रवि वर्माको पेन्टिङबाट प्रभावित रहेको छ।

साडीको कढाईको लागि सुनका तराहरुको प्रयोग गरिएको छ । यस बाहेक यसमा एमरल्ड, रूबी, पुखराज, पर्ल र कैट आई जस्ता रत्नहरुका पनि प्रयोग गरिएको छ।

बताईए अनुसार, यी साडीलाई कांजीवरमका अनुभवी ३६ महिला कालीगढहरुले मिलेर तयार पारेका थिए। यो साडीको वजन मात्रै ८८ किलो रहेको छ  भने यसलाई बनाउन १ वर्ष भन्दा बढी लागेको थियो। यो साडी उनले फेब्रोअरी, २०१५ मा एक कार्यक्रममा जाने बेला लागेकी थिइन्।मिडिया रिपोर्टका अनुसार नीताले यो साडीलाई गिनीज वोर्ड रेकर्डमा समेत दर्ता गराएकी छन्।

प्रकाशित : बिहिबार, बैशाख २०, २०७५१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वरामद गरिएकाे २५ हजार लिटर अवैध मदिरा नष्ट