आगलागीबाट एकसाथ १३ घर जले

Leaderboard Banner

नेपालगन्ज, १९ वैशाख, आज अपराह्न बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ जमुनीमा आगलागी हुँदा १३ घर पूर्णरुपमा र तीन घर आंशिक रुपमा जलेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिनुभयो ।

केटाकेटीहरुले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगोबाट आगलागी भएको थियो । स्थानीय पेशकार यादव र बुद्ध धोवीको घरबाट आगलागी शुरु भएको प्रहरीको भनाइ छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, गरगहना जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीमा परी एउटा राँगा मरेको र एउटा घाइते भएको बताइएको छ । स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित : बुधबार, बैशाख १९, २०७५१९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बालिका बलात्कारको अभियोगमा तामाङ पक्राउ