ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किँदा भिषण आगलागी (तस्विरसहित )

Leaderboard Banner

काठमाडौँ । मुग्लिङ नारायणगढ सडकखण्ड अनतर्गत पर्ने धार्दिङ जिल्लाको महादेववेशीमा बुधबार बिहान ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै सवारी साधनमा भिषण आगोलागी भएको छ।

आज बिहान करिव सवा ११ बजेतिर दुई बिपरित दिशाबाट आइरहेका ट्रक र मोटरसाइकल एकापसमा ठोकिंदा यो दुर्घटना भएको हो। तिब्र गतिमा आइरहेको मोटरसाइकलले एक्कासी अर्को दिशाबाट आइरहेको ट्रकमा ठोकिएर ट्रकमुनि छिर्दा मोटरसाईकालको  ट्याङ्की फुटि पेट्रोल पोकिन्दा आगोलागी भएको थियो।

मोतर्साइकलबाट पोख्खिएको पेट्रोलक कारण दुवै सवारी साधनमा भिषण आगोलागी भएको हो। उक्त घटनापछि अहिले सो क्षेत्रको सवारी आवागमन केहिबेरका लागि  ठप्प भएको छ।

तस्विर – रामलाल लामाको फेसबुकबाट 

प्रकाशित : बुधबार, बैशाख १९, २०७५१३:२४
अर्को समाचार:

किन बढ्दैछ गर्भपतन सेवा लिन आउनेको संख्या?