काबुल अाक्रमणमा मारिएका पत्रकार शाह माराइले खिचेका केही तस्बिरहरू

Leaderboard Banner

काठमाडाै । अफगानिस्तानकाे काबुलमा भएकाे अात्मघाति बम अाक्रमणमा परी मारीएका पत्रकार शाह मारार्इले खिचेका केही तस्बिरहरू बिबिसिले सार्वजनिक गरेकाे छ । मारार्इ समाचार संस्था एएफपीका लागि काम गर्ने फोटोपत्रकार थिए ।

माराईले आत्मघाती बम आक्रमण भएका स्थानहरूमा तस्बिर खिच्ने गरेका थिए। यहाँ एप्रिल २२ मा एउटा मतदाता नामावली केन्द्रबाट बाहिर भएको आक्रमणपछि दुई व्यक्तिहरू घटनास्थलतर्फ हेर्दै गरेको देखिन्छ।

आत्मघाती आक्रमणमा मारिएका आफन्तको चिहान खन्दै एक जना अफगानी पुरुष। सो आक्रमणमा बालबालिकासहित झन्डै ६० जना मारिएका थिए।

 

सन् २०१७ मा काबुलस्थित एउटा सांस्कृतिक केन्द्रबाहिर भएका विस्फोटमा परेका व्यक्तिका आफन्तहरू एउटा स्थानीय अस्पतालमा बिलौना गर्दै।

माराईले राजनीतिसँग सम्बन्धित तस्बिर पनि खिचेका छन्। यहाँ सन् २००९ मा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई र अमेरिकी सिनेटर जोन केरीलाई काबुलस्थित राष्ट्रपतीय भवनमा प्रफुल्ल मुद्रामा देखिन्छ।

दश वर्षअघि हेल्मन्ड प्रान्तस्थित क्याम्प ब्यास्टिअनमा ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनले ब्रिटिश सैनिकहरूलाई सम्बोधन गर्दा माराईले खिचेको तस्बिर।

 

सन् २००९ मा राष्ट्रपतीय उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहको निर्वाचन प्रचार अभियानमा सहभागी उनकी एक समर्थक।

काबुलमा आयोजित एउटा मेलामा रोटेपिङमा रमाउँदै अफगानीहरू।

यी अफगान बालिका इरानबाट सन् २००८ मा घर फर्किएका छ हजारभन्दा बढी शरणार्थीमध्ये एक हुन्।

प्रकाशित : मङ्गलबार, बैशाख १८, २०७५१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

३३ किलाे सुन प्रकरणः गाेरेकी प्रेमिकाकाे पनि कनेक्सन