कार र भ्यान एकापसमा ठोकिंदा दुईको मृत्यु, दुई घाइते

Leaderboard Banner
प्रतिकारात्मक तस्विर

काठमाडौँ । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका भन्ने स्थानमा हिजो साँझ दुईवटा गाडी एकापसमा ठोकिंदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्लाको ग्रामथान गाउँपालिका–५ को विराटचोकमा सोमबार साँझपख बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप भ्यान एकापसमा ठोकिंदा कारमा सवार दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा  झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनार रहेका छन्। राजवंशीको घटनास्थलमै र सुनारको भने उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनामा कटहरि बस्ने २८ वर्षीय भ्यान चालक जीतेन्द्र साह र कारचालक मोरङको कर्सिया बस्ने २४ वर्षीय दिनेश राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरुको अहिले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख १८, २०७५१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अध्यक्ष प्रचण्ड र इजरायली राजदुतबिच भेट, नेपालमा व्यवसायिक तालिम केन्द्र खाेल्न इच्छुक