देउवालाई काँग्रेस प्रभावशाली नेता धनराज गुरुङको कडा चेतावनी !

Leaderboard Banner

काठमाडौँ । कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई अब युवा नेताहरु चुप लागेर आत्मसमर्पण गरेर नबस्ने चेतावनी दिएका छन्।

नेता गुरुङले निर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद हारको समेत  नैतिक जिम्मेवारी नलिएर सभापति देउवा जिम्मेवारीबाट पन्छिएको पनि आरोप लगाएका छन् । होजो सकिएको कांग्रेस केन्द्रिय समिति बैठकले चुनावमा भोगेको पराजयको जिम्मा केन्द्रिय समितिले नै लिनुपर्ने निर्णय गरेसँगै रामचन्द्र पक्ष्यधर नेताहरु असन्तुष्ट बनेका छन् । समिक्षा बैठकमा सभापति देउवाले पार्टीले व्यहोरेको हारमा स्पष्टीकरण दिएका थिए । सभापति देउवाले पार्टीले हार्नुमा वामगठबन्ध र नाकाबन्दीको विषयमा नबोल्नु पनि रहेको उल्लेख गरेका थिए।

आज नेपाली रेडियो नेटवर्कको एउटा कार्यक्रममा बोल्दै नेता गुरुङले चुनाव नतिजाबारे छलफल र विमर्श गर्दै जाने भनिएकाले आगमी बैठकहरुमा पनि छलफल जारी रहने पनि बताएका छन् । आगामी दिनमा विधानमा टेकेर सभापति देउवा अगाडि बढ्न नसके त्यसले पार्टीलाई कमजोर बनाउने गुरुङले बनाए । “उहाँले विधान बमोजिम चल्छु भन्नुभएको छ । हिजो विधानअनुसार चल्नुभएन । अब कसरी चल्नुहुन्छ हेर्न बाँकी छ ।” गुरुङले भने । महासमितिको बैठक बस्ने भएकाले अझै विचार विमर्श हुने बताउँदै उनले केन्द्रिय समिति बैठकको निर्णय नै अन्तिम नहुने समेत उनले दाबी गरे ।

“युवा नेताहरुले आत्मसमर्पण गरेका छैनौँ । हामीले राखेका कुराहरु छलफल गर्दै जान्छौँ ।” उनले भने । अर्ली महाधिवशेनको माग यथावत रहेको बताउँदै उनले महासमिति बैठकले यस सम्बन्धमा निर्णय गर्ने पनि बताए ।

प्रकाशित : सोमबार, बैशाख १७, २०७५१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रगतको बिकल्प रगत – प्रचण्ड