भारतीय मिडिया लेख्छ, ‘नेपालीहरुले भारतीय भूमि कब्जा गर्ने प्रयास गरे’ ( समाचारसहित )

Leaderboard Banner
भारतीय अनलाईन न्यूज पोर्टल लाइभ हिन्दुस्तान डट कममा प्रकाशित समाचार

काठमाडौँ । फेरी भारतीय सिमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको पुनर्वासमा दादागिरी देखाएको छ। गत विहिबार जिल्लाको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले भारतबाट आउने बन्यजन्तुलाई रोक्न आफ्नै भूभागमा विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले दादागिरी देखाउदै अवरोध गरेको छ।

वर्षेनी भारतबाट नेपाल बस्ने जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमीमा लगाइएको तारबार भारतीय सिमा सुरक्षा बलले उखेलेर फालिदिएको छ । यस घटनाबारे बोल्दै पुर्नवास नगरपालिका–९ का वडा अध्यक्ष नारायण जैशी समेत नेपाली भूमीमा तारबार लगाउँदा भारतीय पक्षले दादागिरी देखाउदै तारबार नै उखेलिदिएर फालिदिएको बताए। पहिले नै तारबार लगाउने विषयमा सहमती भएको अवस्थामा पनि भारतीय पक्ष तारबार लगाउन नदिएको उनले बताए। यससंगै भारतीय एसएसबीले एक वर्षमै चारपटक सम्म नेपालीहरुमाथि ज्यादती गरेको छ। अघिल्लो फागुनमा पुनर्वास नगरपालिका–४ आनन्द बजारमा कल्र्भट निर्माणको विषयमा भारतीय पक्षबाट नेपाली नागरिक गोबिन्द गौतम मारिएका थिए  । सोही ठाँउमै भारतीय पक्षबाट गत कात्तिकमा ट्रेन्च खनिएको थियो । कात्तिकमै भीमदत्त नगरपालिका–१० जिमुवामा होमपाईप बिछ्याउने बेला एसएसबीबाटै अवरोध सिर्जना भएको थियो ।

माघमा बेलौरी नगरपालिका १० सडकघाटमा सडक चौडाई गर्दा भारतीय पक्षबाट अवरोध हुँदा कामै रोकियो । यसरी भारतीय पक्षबाट श्रृखलाबद्ध हस्तक्षेप हुन थालेपछि स्थानीय आक्रोशित छन् । पटक पटक सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुँदा समेत नेपाल पक्षले कुटनीतिक पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

यता भारतीय पत्रिका लेख्छ, नेपालीले भारतीय भूमि कब्जाको प्रयास गरे

यस घटनाबारे भारतीय अनलाईन न्यूज पोर्टल लाइभ हिन्दुस्तान डट कम लेख्छ, भारत नेपाल सिमास्थित घोला गाउँ नजिक नेपालीहरुले फलामको तारबार लगाएर भूमि कब्जा गर्ने प्रयास गरे। त्यसैगरी अन्य भारतीय पत्रिकाहरुले पनि नेपालीहरुले भारतीय भूमि कब्जा गर्न खोजेको लगायतका भ्रामक समाचारहरु छापेका छन्।

यस्तो  छ भारतीय पत्रिकामा प्रकाशित समाचार:

पूर्व सहमति अनुसार नै नेपाली भूमिमा विद्युती कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले भारतबाट आउने बन्यजन्तुलाई रोक्न आफ्नै (नेपाली भूमि) भूभागमा तारबार लगाउने क्रममा भारतीय एसएसबीको ठूलो समुह आएर एकाएक नेपाली पक्षले लागाएको तारबार भत्काई दिएका हुन्। तर, उता भारतीय पत्रपत्रिकाले भने नेपाली पक्षले भारतीय भूमि कब्जा गर्दै तारबार गरेको लगायतका गलत समाचार प्रकाशित गरेका छन्।

भारतीय पत्रिकामा लेखिएका समाचारहरुमा भनिएको छ, ‘नेपालीहरुले भारतीय भूभाग कब्जा गरेको सूचना पाउने बित्तिकै सिमा सुरक्षाबल एसएसबीका जवान त्यहाँ पुगेर भूमी कब्जा गर्नबाट रोके। एसएसबीको विरोधपछि सयौँ नेपालीहरु आएर हंगामा गर्न लागे। हंगामा भएको सूचना पाएर दुवै पक्षका सरकारी उच्चअधिकारी त्यहाँ पुगेर घटनालाई नियन्त्रणमा लिएका थिए।’

यतिखेर उक्त स्थानमा सिमा विवाद हेर्ने  सीमा पिलर पुनर्निर्माण गर्न लागेको नेपाल भारत संयुक्त सीमा टोली समेत यस क्षेत्रमा पुगेको हुँदा यो विवाद टुङगो लगाउन प्रयास गरिँदै छ । अहिले एसएसबीको अवरोध पछि तारबार लगाउने काम पनि रोकिएको छ ।

प्रकाशित : सोमबार, बैशाख १७, २०७५१२:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाल प्रहरीले गर्याे ३०० प्रहरी जवानकाे बढुवा (सुचीसहित)