मणिसहित तामाङ पक्राउ

Leaderboard Banner

काठमाडौँ, १६ वैशाख,. महानगरीय प्रहरी परिसर काठमाडौँले बहुमूल्य पत्थर मणिसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसर, महानगरीय प्रहरी प्रभाग नागढुंगाले शनिबार राति धादिङबाट काठमाडौँ आउँदै गरेको वा ४ ख ५८४६ नंको बस जाँचका क्रममा धादिङका २१ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको हो । अभियुक्त तामाङसँग प्रहरीले ४६२ ग्राम मणि बरामद गरेको छ । तामाङलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आज खानी तथा भूगर्भ विभाग लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आइतबार, बैशाख १६, २०७५१८:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सबै विद्यालयमा सिसी क्यामेरा जडान गरिने