जन्ती बोकेको जिप दुर्घटना !

Leaderboard Banner
सांकेतिक तस्विर

डडेल्धुरा, डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।

जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हुँदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

जिपको ब्रेकफेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारणको भनाइ छ । घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराउनुभयो । घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

प्रकाशित : आइतबार, बैशाख १६, २०७५१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

५० वर्षदेखि अलपत्र रहेको राजविराज विमानस्थल छिट्टै सञ्चालनमा आउने