हिजोको खेलमा किन खेलेनन् गम्भीर: कप्तान श्रेयस अय्यरले गरे यस्तो खुलाशा

Leaderboard Banner

एजेन्सी । दिल्ली डेयरडेविल्सका नयाँ कप्तान  श्रेयस अय्यरले कलकत्ताविरुद्धको खेलमा कप्तानको रुपमा शानदार डेब्यू गरे। जहाँ अय्यरले ९३ रनको शानदार पारी खेले तर, दिल्लीका पूर्व कप्तान भने हजो खेलेनन्।

खेलपछि भएको प्रेस कन्फरेन्समा जब श्रेयस अय्यरलाई प्रश्न सोधियो किन गौतमलाई टिममा समावेश गरिएन आज ? उक्त प्रश्न जवाफमा कप्तान अय्यरले भने गम्भीरलाई नखेलाउने मेरो निर्णय नभएर गम्भिर आफैले नै नखेल्ने निर्णय गरेका हुन्। अय्यरले गम्भिरको प्रसंशा गर्दै भने, जो उहाँले निर्णय गर्नुभो त्यो निकै निडरतापूर्ण र प्रसंसनिय पनि छ।

स्मरण रहोस, टिमले लगातार हार व्यहोरेपछि कप्तान गौतम गम्भीरले दिल्ली डेयरडेविल्स कप्तानीबाट राजिनामा दिएका थिए। त्यससँगै युवा खेलाडी अय्यरले नयाँ कप्तानको जिम्मा पाएका हुन्। गौतमले दिल्लीले हारेको सबै खेलको जिम्मेवारी आफैले लिँदै आफुले पाउने पारिश्रमिक पनि नलिने घोषणा गरेका छन्।

अब उनले स्पोन्सरबाट पाउने २.८ करोड रुपैयाँ लिने छैनन्

प्रकाशित : शनिबार, बैशाख १५, २०७५१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आईसीसीको यस्तो निर्णयले नेपालको टी–२० विश्वकप खेल्ने सम्भावना बढ्यो