सन्दीपले खेल्न नपाएको दिल्लीले कप्तान फेरिएसँगै आइपिएलमा राख्यो यो सिजनकै यति ठूलो रेकर्ड

Leaderboard Banner

काठमाडौँ । नेपाली खेलाडि सन्दिप लामिछाने सम्मिलित आइपिएल टिम दिल्ली डेयरडेभिल्सले आईपिएल २०१८ मा यस सिजनकै अहिले सम्मको ठूलो स्कोर बनाउन सफल भएको छ। लगातारको हारपछि फेरिएका नयाँ कप्तान श्रेयास येय्यरको कप्तानीमा शुक्रबार राती दिल्लीले कोलकोत्ताविरुद्धको खेलको खेलमा २ सय १९ रन बनाएको हो ।

यो स्कोर यस पटकाको सिजन अहिले सम्मको ठूलो स्कोर हो। कप्तान फेरिएसँगै दिल्लीको ब्याटिङमा राम्रो सुधार गरेको छ । गौतम गम्भीरले अहिले सम्मको हारको जिम्मेवारी आफैले दिंदै कप्तानको जिम्मेवारीबात राजिनामा दिएपछि श्रेयास येय्यर नयाँ कप्तान चुनिएका थिए। हिजो रातिको खेलमा पहिले टस हारेर ब्याटीङको निम्तो पाएको दिल्लीले ओपनर पुथव शह र कोलिन मुन्रोको राम्रो ब्याटिंग प्रदर्शनबाट खेलमा राम्रो सुरुवात पायो। जहाँ मुन्रोले १८ बलमा ३३ रन हान्दै आउट भए भने शाहले ४४ बलमा ६२ रन बनाए ।

त्यसपछि आएका कप्तान इयरले निकै आक्रामक ब्याटिंग गर्दा उनले १३ छक्का र ३ चौकाको मद्दतले ९३ रनमा अविजित रहे। उनले अन्तिम ओभरमा मात्रै कोलकत्ताका माभीको बलमा ४ छक्क र एक चौका प्रहार गर्दै २८ रन जोडेका थिए। नेपाली खेलाडी सन्दीप लामिछाने समेत आबद्ध रेहको दिल्लीबाट सन्दीपले अहिले सम्म खेल्ने अवसर भने पाएका छैनन्।

यसअघि यहि सिजनको ११ औँ खेलमा राजस्थान रोयल्सले रोयल च्यालेंजर्स बैंग्लोरविरुद्ध २१७ रन प्रहार गरेको थियो। जुन खेल राजस्थानले जम्मा १९ रनले जितेको थियो।

प्रकाशित : शनिबार, बैशाख १५, २०७५१२:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हिजोको खेलमा किन खेलेनन् गम्भीर: कप्तान श्रेयस अय्यरले गरे यस्तो खुलाशा