सरकारी गाडीको ठक्करबाट चौधरीको मृत्यु

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गमा पर्ने सिरहा जिल्लाको लहान नगरपालिका ११ स्थित पडरिया चोकमा एउटा  सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक जना साइकल यात्रीको ज्यान गएको छ।

गएराति साईकलमा सवार लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीलाई  सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले बताएको छ।

पडरिया चोकदेखि पश्चिममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रकाशित : शनिबार, बैशाख १५, २०७५११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काठमाडौँमा गुड्ने भयो चिनियाँ मोनोरेल!चिनबाट आयो यस्तो प्रस्ताव!