नेपालका पूराना कराते खेलाडी राजपाल सम्मान्नित!

Leaderboard Banner

नेपालका पूराना एवम अनुभवी कराते खेलाडी राजपाल कर्माचार्यलाई ललितपुर कराते महासंघले सम्मान गरेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वर्ण पदक विजेता कर्मचार्य २५-२६ वर्ष देखि जापान बसेर कराते खेल्न नेपालबाट त्यहाँ गएका खेलाडीलाई आफूले सक्ने सम्पूर्ण सहयोग गर्ने गरेको साफ स्वर्ण पदक विजेता एवम् नेपाल राष्ट्रिय एवम् अन्तराष्ट्रिय खेलाडी सङ्घ संयोजक दिपक श्रेष्ठले बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कराते महासंघका अध्क्षय दवा गुरुङ कराते खेलका नाममा विदेश खेलाडी लगेर बेचिरहेको विषयमा चिन्ता व्यक्त गरे। उनले खेलाडी र गुरुका नाममा त्यस्ता भिजिलान्तेलाई पहिचान गरि निस्तेज गर्न खेलाडी र प्रशिक्षकलाई आग्रह गरे।

कार्यक्रममा आयोजक एवम् सभापति अन्तराष्ट्रिय रेफ्री रा खे प का पुर्व कोषाध्क्ष्यले उक्त कार्यक्रममा बोल्दै भने ” ठुलो दुख र मिहिनातले ललितपूरमा करतेलाई स्थापित गराउन सकिएकोमा खुशी व्यक्त गरे। उनले आगामी दिनमा पनि देश र खेललाई माया गर्न सबैलाई क्रमैसंग सम्मान गरिने बताए। कार्यक्रम २०७५ सालको शुभकामना चियापान र सम्मानमा केन्द्रित रहेको थियो।

प्रकाशित : शनिबार, बैशाख १५, २०७५११:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सन्दिपको टिम दिल्लीको शानदार जित: नयाँ कप्तानले देखाए यस्तो धमाका !