विप्लव नेतृत्वको नेकपाद्वारा वैशाख २२ गते नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

कार्यकर्ता रिहार्इकाे माग
Leaderboard Banner
फाइल फाेटाे

काठमाडाै । विप्लप नेतृत्वकाे नेकपा माअाेवादीले नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

वर्तमान केपी अाेलीकाे सरकारले व्यापक मात्रामा विप्लपका कार्यकर्ताको  धरपकड तथा पक्राउ गरेको भन्दै रिहाईको लागि माग गरिएको छ । वैशाख २२ गते नेपाल बन्दको समेत घोषणा गरिएको छ । यसका साथै आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख १९ गते देशैभरी प्रदर्शन गर्ने जनाइएको छ । त्यस्तै २० गते कोण सभा, २१ गते मसाल जुलुश र २२ गते नेपाल बन्दको कार्यक्रम रहेको छ । विज्ञप्तिमा पार्टी महासचिव विप्लवको हस्ताक्षर रहेको छ ।

‘केपी सरकार बनेदेखि संकटकाल विर्साउँदै १२ जना भन्दा बढी हाम्रा कार्यकर्तालाई बेपत्ता पारेको छ । राज्यको यी हर्कत विरुद्ध हाम्रा लागि प्रतिरोध अनिवार्य हुन गएको छ । त्यसैले वैशाख २२ गते नेपाल बन्दको आयोजना गरिएको छ , विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित : शुक्रबार, बैशाख १४, २०७५१४:३६
अर्को समाचार:

एमाले-माओबादी केन्द्रबीचको पार्टी एकता गर्ने नयाँ मिति तय: यस्तो छ अबको योजना