यसकारण दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री

Leaderboard Banner

६ महाशाखा थपिएपछि प्रधानमन्त्री कार्यालयमा २३७ कर्मचारीको दरबन्दी

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ ।

प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी मन्त्रिपरिषद्को १४ चैतको बैठकले ६ नयाँ महाशाखा थप्ने निर्णय गरेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री
महाशाखाहरू थपिएसँगै प्रधानमन्त्रीको कार्यकक्ष र क्याबिनेट बैठक हलको मर्मत–सम्भार भएकाले प्रधानमन्त्री केपी ओली दुई साताभन्दा बढी सिंहदरबारस्थित कार्यालय गएनन् ।

भारत भ्रमणअघिसम्म कार्यालय गएका ओली मर्मत–सम्भार सकिएपछि बिहीबार अपराह्न ३ बजेपछि कार्यालय पुगेका हुन् ।

प्रकाशित : शुक्रबार, बैशाख १४, २०७५०६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विगतको पोल खुल्ने डरले भगाइयो गोरेलाई