धुुर्मुस सुन्तली १२५ बालबालिकाको अभिभावक बन्दै!

Leaderboard Banner

महोत्तरी,  धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् ।

फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभयो । गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले शिक्षामा देखिएको बेथितिलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित : बिहिबार, बैशाख १३, २०७५१९:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाँकेको कोहलपुरबाट ५०० किलो दाल बरामद!!