चीनमा ‘मोस्ट वान्टेड’ महिला बौद्धबाट पक्राउ

Leaderboard Banner

काठमाडाै । चीनमा मोस्ट वान्टेड महिला काठमाडौंको बौद्धमा पक्राउ परेकी छन् । करोडौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी झाङ गायुनलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले पक्राउ गरेको हो ।

५९९६६८५२ पासपाेर्ट नं भएकी महिला नेपाल अाएकाे थाहा पाएपछि चिन सरकारले उनकाे पासपाेर्ट रद्द् गरेकाे थियाे । उनी माेष्ट वान्टेड भएकाे थाहा पाउने बित्तिकै नेपाल प्रहरीले उनलार्इ  पक्राउ गरीएकाे जनाइएकाे छ  । रद्द भएको पासपोर्ट प्रयोग भएकाले पक्राउ परेकी चिनियाँ महिलाविरुद्ध कारबाही अघि बढाइएको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए। स्रोतका अनुसार उनलाई लिन चिनियाँ प्रहरीको टोली काठमाडौं आएको छ। उनी ठूलो वित्तीय अपराधमा संलग्न भएको स्रोत बताउँछ।

प्रकाशित : बिहिबार, बैशाख १३, २०७५१४:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

असारदेखि माइतिघर मण्डलामा प्रर्दशन गर्न नपाइने