युद्धका कारण छेद-विच्छेद भएका यी ३ देश!जहाँ मानव अस्तित्वनै घरापमा छ!

Leaderboard Banner

मिलनसार रहनु पर्ने प्राणी भएता पनि मानव कित्रिम बलका कारण क्रुर बन्दै गैरहेको छ भने युद्ध पनि बढ्दै गएको अहिलेको अवस्थामा मानव अस्तित्वनै दवाबमा परेको हो कि? भन्ने प्रस्न बढ्दै छ। युद्दमा हुने मानव हताहतलाई मध्यनजर गर्ने हो भने सिरियामा भैरहेको नरसंहारले इतिहास रच्ने अनुमान लगाउन सकिन्छ। जुन तरिकाबाट सिरियामा मानव अस्तित्वलाईनै धावा बोल्दै क्रुर रुपमा अघि बढी रकेको छ। त्यसले मानब जति कति क्रुर भैसके भन्ने कुरा दर्साउने गर्छ। विश्वमा अहिले सम्म भएको युद्धमा सबै भन्दा धेरै कुन देशक मानिसले ज्यान गुमाए भन्ने विषयमा आज हामी चर्चा गर्ने छौं।

अफगानिस्तान


सन् २००१मा अमेरिकी फौजले धावा बोले देखि अफगानिस्तानमा युदको शृंखला लम्भिएको हो। तालिवानको विरुद्ध खनिएको अमेरिकी सैन्य दस्ताका कारण थप मानव संहार बढेको अफगानिस्तानमा अर्थतन्त्र समेत डामाडोल बन्न पुगेको हो। पहिला तालिवानसंग जुधी सहेको अफगानिस्तान सरकारलाई सहयोग मात्र गर्न तत्पर भएको अमेरिकी सैन्य दस्ता तालिवान पूर्ण उन्मूलन गर्ने खनिए पछी मानव मृत्युडर बढेको हो। तालिवान साथै अमेरिकी सैन्य कारवाहीका क्रममा हजारौ अफगानी जनताको हताहत भएको हो। सबै उपायहरूको बावजुत पनि तालिवानलाई पूर्ण निस्क्रिय गर्न नसकेका कारण जनताले धेरै दुख पाए।

इराक 

इराकको लगभग सम्पूर्ण इतिहास युद्धमानै आधारित रहेको छ। दोश्रो कुद्रिश-इराकी युद्ध(सन् १९७४-१९७५),इरान-इराक युद्ध (सन् १९८०-१९८८) साथै खाडी युद्ध (सन् १९९०-१९९१) यी इराकले लडेका केहि मात्र मुख्य युद्ध हुन्। सन् २००३मा अमेरिकाले इराक माथि नियन्त्रण गरेसँगै युद्ध चर्किएको हो। तत्कालिन सद्दाम हुसेनको सरकार विरुद्ध खनिएको अमेरिकी सेना दस्ताले सद्दाम सरकारलाई पराजित गरेसँगै इराकमा गृह युद्धमा फसेको हो। यस क्रममा धेरैको ज्यान गुमिसकेको इराकमा लगभग मृत्यु हुने अधिकांस इराकीहरु युद्धमा ज्यान गुमाउने गर्छन्। (ISIS)ले उत्तरी इराक कव्जा गरेसँगै फेरी इराकमा फेरी युद्ध बढ्न गयो भने अहिले सम्म धेरैले ज्यान गुमाउन पुगे।

सिरिया

सिरियाको युद्धका कारण अहिले संसारको ध्यान सिरिया तिर केन्द्रित रहेको छ। अरब वसन्त प्रदर्शनको लहरको रुपमा भित्रिको लहर युद्धमा परिणत हुँदा धेरैले ज्यान गुमाउन पुगेका हुन्। सरद-अल-वासद्को विरुद्धमा शुरु भएको आन्दोलन अहिले गृह युद्धको रुपमा परिणत भएको छ। सरकारको क्रुर तरिकाबाट जनताको दमन हुन थाले पछी संयूक्त राज्य अमेरिका साथै यूरोपियन यूनियनको सिरियामा धावासँगै युद्ध चर्किएको हो। अहिले सम्म धेरैले ज्यान गुमाएका छन् भने लाखौ घर-बार बिहिन बनेका छन्।

प्रकाशित : बिहिबार, बैशाख १३, २०७५१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अनौठो दन्ते मसाज: केवल सेलिब्रेटीले मात्र पाउँछन् यस्तो सेवा!