मोटरसाइकल र माइक्रोबस एक आपसमा ठक्कर खाँदा एकको मृत्यु

Leaderboard Banner

इनरुवा, १३ वैशाख : सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका भुजेलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

प्रकाशित : बिहिबार, बैशाख १३, २०७५०८:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जबर्जस्ती करणीको फैसला उल्टियो