छोराले आमालाई र भाइले बहिनीलाई किन गर्छन् बलात्कार ?

Leaderboard Banner

केहि दिन अगाडि एक अामाले अाफनै छाेराले बलात्कार गर्न खाेजेकाे भन्दै प्रहरीमा उजुरी दिइन । याे घटना छिमेकी देश भारतकाे हाे ।  भारर स्थित पाटन को पालनपुरमा बस्ने लीला (परिवर्तित नाम) ले आफ्नो  २२  वर्षको छोरामाथि यस्ताे बलात्कार आरोप दर्ता गरेकी हुन । लीलाका अनुसार १९  अप्रिलको रातमा उनी घरभन्दा बाहिर छतमा सुतिरहेकी थिइन् । बीच रातमा उठेर जब उनी पानी पीउन घर भित्र गइन् तब किशोरले ढोका बन्द गरेर जबरजस्ती गरेका थिए ।

लीलाले पुलिसलाई बताइन कि उनका छोरालाई पोर्न(अश्लिल फिल्म) हेर्ने लत थियो ।उनका अनुसार उनी आमा र बहिनी अगाडि पनि यस्तो हर्कत गर्थे ।नजिकको नातामा बलात्कारका मुद्दाहरू  पहिला पनि आउने गरेका थिए । भाईले बहिनीसँग तथा बुबाले  छोरीलाई बतात्कार गर्ने गरेको मुद्दा भने बेलाबखतमा सार्वजनिक हुने गरेको छन । जाे सुकैलार्इ  पहलो पटक यो पत्याउन पनि मुस्किल हुन्छ । यो मुस्किलका बीच प्रश्न उठ्छ आखिर नजिकको सम्बन्धमा पनि यस्तो जघन्य अपराध किन हुन्छ ?

के यो मानसिक रोग हो ?

मनोवैज्ञानिक डा. अरुणा ब्रूटा भन्छिन्, यस्तो अपराध गर्ने  व्यक्ति सामान्य हुन सक्दैन ।  उ कुनै न कुनै मानसिक राेगबाट  ग्रसित हुन सक्छ  । तर अाफन्तकाे सन्दर्भमा याे कुरा  स्वीकार हुदैन । यसकारण उपचार गर्न असमर्थ हुन्छन र यस्ता घटनाहरू दाेहाेरिइरहन्छन । अर्कोतर्फ यस्तो घटनाहरू घरमा भइरहेपनि समाजमा बेइज्जत हुनुपर्ने डरका कारण पनि बाहिर देखाउन मान्दैनन् ।  मनोचिकित्सक डा‍. प्रवीण त्रिपाठी भन्छन्, कि यस्तो व्यक्तिले नाता गोताको मर्यादालाई बुज्दैनन् । उनीहरुको मानसिकता स्वस्थ हुँदैनन् र  दिमाग़ी हालत पनि ठिक नहुन सक्छ ।  डा. अरुणा ब्रूटाका अनुसार यस्ता व्यक्तिहरूमा सामान्यतः  दुई खालका मनोरोग पाइन्छ, बाइपोलर डिप्रेसिव डिसऑर्डर र अर्को स्कित्ज़ोफ्रीनिया।

बाइपोलर डिसऑर्डरको एक चरण हुने गर्छ जसमा कुनै व्यक्तिको मानसिक स्थिति पागलपन को हद सम्म जान्छ । यस्तो बिरामीमा व्यक्ति को व्यवहार डिसअर्डर हुन्छ ।  पटक पटक उसको स्वभाव बदलिन्छ ।  उसमा धड्कन बढ्छ र अाफैले अाफुलार्इ ,नियन्त्रण गर्न सक्दैन र अपराधमा संलग्न् हुने सम्भावना अधिक हुन्छ ।  डा ब्रूटा का अनुसार यस्तो मानिस समाजदेखि पनि टाढा हुन्छ । उसलाई सामान्य व्यवहार कस्तो हुन्छ र सामाजिक नियम कसरी काम गर्छन् यो थाहा हुँदैन । आखिर यो राेग कसरी हुन्छ भन्ने प्रश्नमा डा प्रवीण त्रिपाठी भन्छन्, कसैमा पनि यो राेग आफै आउन सक्छ ।  तर खासगरी सामाजिक मेलमिलाप कम हुने परीवार मा भने याे बढी मात्रामा देखिन्छ । यसबाट बच्चामा पनि समाज तथा सम्बन्धको नियमको बुझाइ कम हुन सक्छ ।

आनुवांशिक (जेनेटिक) कारण
जानकार भन्छन् कि यस्तो मनोरोगको पछि आनुवांशिक कारण पनि जिम्मेवार हुन्छन् । अरुणा ब्रूटा का अनुसार यदी परिवारमा आमा बुवा, हजुरबुवा हजुरआमा, दाजु बहिनीमा वा नजिकको सम्बन्धमा यस्तो समस्या आए आगामी पिढीमा पनि समस्या हुनसक्छ । आफ्नो छोराको बढ्दो सेक्शुअल ऐक्टिविटी लाई लिएर उपचार गर्न आएकी एक महिलाले डा ब्रूटालाई बताइन् कि जब उनी विवाह गरेर आइन तब बच्चाका हजुरबुबाले छेडछाड गर्ने प्रयास गरेका थिए । डा. ब्रूटा का अनुसार बच्चाका हजुरबुवाका पनि कुनै न कुनै मनोरोगबाट ग्रसित थिए । तर मानिसले यो व्यक्तिको हेराइ नराम्रो छ भन्ने मात्र बुझछन् र बचेर रहन मात्र सल्लाह दिन्छन् । तर यसको उपचार गर्न आवश्यक छ भन्ने कसैले सोच्दैनन् । जसको परिणाम विस्तार विस्तार अपराध तर्फ जान्छ ।

पोर्न एडिक्शन कति जिम्मेवार ?

गुजरातमा आमासँग बलात्कार प्रयास गर्ने युवकलाई पोर्न हर्ने बानी थियो । आजकल मोबाइल, टीवीका माध्यमबाट यी चीजसम्म पहुंच बनाउन सजिलो भएको छ । पोर्न हेर्ने बानीले यस्तो अपराधमा के भूमिका खेल्छ ? के यो आदत भएका व्यक्ति अपराध तर्फ आकर्षित हुन्छन् ? यस बारेमा सेक्सोलॉजिस्ट डा प्रकाश कोठारी भन्छन्,लगातार पोर्न हेर्ने र सेक्शुअल गेम खेल्ने व्यक्ति को उत्तेजना बढ्छ । उनीहरुमा सेक्शुअल फ़्रस्ट्रेशन बढ्दै जान्छ । यो पूर्ण रुपमा अपराधका लागि जिम्मेवार हुँदैन तर आपराधिक भावनालाई बढावा दिन्छ । डा ब्रूटा बताउँछिन् कि उनकोमा युवा तथा युवती दुवैको यस्तो समस्या लिएर आउँछन् जसलाई पोर्न हेर्न बानी परेको हुन्छ । जब काेहि लगातार यसमा लिप्त हुन्छ तब उसकाे मानसिक अवस्था बिर्गानमा याे थप जिम्मेवार हुन्छ ।

के हो समाधान

यस बारेमा डा प्रवीण त्रिपाठी भन्छन्, यस्ता ।समस्यामा व्यक्ति को व्यवहार माथि परीवारले निगरानी राख्नु अावश्यक हुन्छ ।  यदी कसैले असामाजिक व्यजहार देखाउन थाल्याे भने यस्ताे केसलार्इ सामान्य अवस्था साेच्नु हुदैन । डरका कारण केहीसमय चुपलागेपनि अर्कोपटक यस्तै गर्ने अधिक  सम्भावना हुन्छ । अरुणा ब्रूटा बताउँछिन् कि यो समस्या एकैपटक आउने होइन । यो लक्षण पहिला देखिनै देखिन्छ । डा. अरुणा ब्रूटा ले बताए अनुसार रगतको नामाबीच हुने व्यवहारमा ध्यान दिन आवश्यक छ ।

जस्तै भाइ बहिनीको झगडा एक सामान्य कुरा भएपनि उनीहरु धेरै झगडा गर्छन् भने याद गर्नुपर्ने हुन्छ । साना साना कुरा मा पनि अामाबावुले ध्यान गर्नु आवश्यक हुन्छ । उनीहरुको एक अर्काप्रतिको दृष्टिकोणमा पनि ख्याल गर्नु आवश्यक हुन्छ । यदी तपाईलाई कुनै पनि शकां लागेमा उसलाई चिकित्सककाे सल्लाह आवश्यक हुन्छ । यो एक किसिमकाे मनोरोग हो, जुन अाेषधीकाे प्रयाेग र काउन्सिलिङको माध्यमबाट ठिक हुन सक्छ ।

बीबीसी हिन्दीबाट

प्रकाशित : बुधबार, बैशाख १२, २०७५१७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युद्धका कारण छेद-विच्छेद भएका यी ३ देश!जहाँ मानव अस्तित्वनै घरापमा छ!