चमेलिया नदीमा चिप्लिएर धिरजको मृत्यु

Leaderboard Banner

काठमाडौँ । बैतडीको चमेलिया नदी तर्ने क्रममा एक जना युवकको चिप्लिएर मृत्यु भएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ३ को पंशेरा भन्ने ठाउँबाट चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर नदीमा ढल्दा ती युवकको ज्यान गएको हो। मृत्यु हुनेमा उक्त स्थानका ३० वर्षीय धिरज बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बोहराको बुधबार बिहान मृत्यु भएको हो ।

मृत्युपछि उनको शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा लागिएको छ  ।

प्रकाशित : बुधबार, बैशाख १२, २०७५१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपति भण्डारी ट्वीटरमा सक्रिय हुँदै: यस्तो छ राष्ट्रपतिको दोस्रो ट्वीट