माइक्रोबस र बस ठोक्किँदा आठ घाइते

Leaderboard Banner

सुर्खेत, भेरीगंगा नगरपालिका–२ मा माइक्रोबस र बस एकआपसमा ठोक्किँदा आज आठ जना घाइते भएका छन् । नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे १ ख ६५५७ नं को माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे १ ख २२६७ नं बस एक आपसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : सोमबार, बैशाख १०, २०७५२०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको यस्तो निर्देशन