हत्या गरि फरार भएका मेराजअलि पक्राउ! पौडेल विगत पाँच दिनदेखि गायब!

Leaderboard Banner

नेपालगन्ज, हत्याको आरोपमा फरार रहेका मेराजअलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका–१६ बाट उनलाई आइतबार पक्राउ गरेकोे थियो ।वि.सं. २०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावलीप्रसाद बर्माको हत्या गरेर फरार भएको जानकारी सो अवसरमा दिइयो ।

यसैबीच, बाँके कोहलपुर नगरपालिका—५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि हराइरहनुभएको छ ।यही वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्कनुभएका पौडेल अहिलेसम्म घर फर्कनुभएको छैन ।जग्गाका कारोबारी पौडेलको परिवारस्तरबाट खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । परिवारको तर्पबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उहाँका सम्धी पूर्णप्रसाद लम्सालले बताउनुभयो ।

प्रकाशित : सोमबार, बैशाख १०, २०७५१९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नक्कली चेक बनाई पैसा निकालेर पक्राउ परेका काफ्ले फेरी घुस रकमसहित पक्राउ!